Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

कैलालीको गोदावरी नगरपालिका क्षेत्रका बैंक अब हप्तामा २ दिन मात्रै खुल्ने

कैलालीको गोदावरी नगरपालिका क्षेत्रका बैंक अब हप्तामा २ दिन मात्रै खुल्ने

कैलाली ३, जेठ । कैलालीको गोदावरी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका बैंकहरू खोल्न पाउने समय निर्धारण गरेको छ । बिहीबार साँझ नगरस्तरीय व्यवस्थापन समितिको बैठकले बैंक खोल्न पाउने समय निर्धारण गरेको हो । निर्णय अनुसार अबदेखि बैक हप्तामा २ देखि ३ दिनसम्म मात्र खोल्न पाइनेछ । जसअनुसार नगरक्षेत्रमा रहेका २३ ओटा बैंक मध्ये सोमबार र बिहिबार ६ ओटा, आइतबार र बुधबार ६ ओटा, मंगलबार र शुक्रबार ४ ओटा, सोमबार र शुक्रबार ३ ओटा, सोमबार र बुधबार र शुक्रबार २ ओटा, आइतबार, मंगलबार र बिहिबार १ ओटा बैंक खुला रहेका छन् । उक्त बैंकहरू बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्रै खुल्ने गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज बिष्टले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x