Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

२९१ पुगे कोरोना संक्रमित

२९१ पुगे कोरोना संक्रमित

काठमाडौं, ४ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बिहानसम्म अद्यावधिक गरेको सूचना अनुसार थप १० जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै मुलुकमा संक्रमित संख्या २ सय ९१ पुगेको हो ।

संक्रमित हुने दशै जना पुरुष हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंले गरेको परीक्षणमा उनीहरूमा कोरोनाको संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ७ जना रौतहट राजपुर नगरपालिका फरउदवा(९ का हुन् । उनीहरूमध्ये दुई जना संक्रमित ३९ वर्षका छन् भने बाँकी ५ जनाको उमेर क्रमशः १८, ३२, ३६,४२ र ४८ वर्ष रहेको छ ।

यसैगरी अन्य तीन संक्रमित रौतहट इशनाथ नगरपालिकाको वडा नम्बर ३ र ५ का हुन् । उनीहरूको उमेर २८, ३० र ३३ वर्ष रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सबै संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरूको अवस्था सामान्य रहेको बताएको छ । हिजो शनिबार मात्रै नेपालमा कोरोनाका कारण पहिलो मृत्यु अभिलेखीकरण गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x