Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सरकारले विदेशमा अलपत्र नेपाली फिर्ता ल्याउने

सरकारले विदेशमा अलपत्र नेपाली फिर्ता ल्याउने

काठमाडौं, ४ जेठ । सरकारले प्रधानमन्त्रीको तहमा र परराष्ट्र मन्त्रीको तहमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई अवस्था सामान्य हुन्जेल त्यतै राख्न सम्बन्धित सरकारहरुसँग संवाद गरेपनि त्यहाँका नेपालीले उचित खानपान र बसोबासको सुविधा नपाएको भन्दै गुनासो गरेपछि उनीहरुलाई फिर्ता ल्याइने भएको छ ।
उनीहरुलाई नेपाल ल्याएपछि एयरपोर्टबाट सिधैं स्थानीय तहका क्वारेन्टिनमा पु¥याइने बताइएको छ । नेपाल एयरलाइन्ससँग चारओटा विमान छन् । दुई न्यरोबडीमा प्रतिविमान १५८ सीट र दुई वाइडबडीमा प्रतिविमान २७४ सिट गरी एकपटकमा ८६४ जनासम्म उद्दार गर्न सक्ने क्षमता छ । नेपालीका श्रम गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स लगायतले आफैंले चार्टर्ड विमानमार्फत् नेपालीलाई पठाउन सकिने पनि पत्राचार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विदेशमा अलपत्र नेपालीले घर फर्कन पाँउ भन्दै दूतावास घेर्ने, समाजिक सञ्जालमा लेख्ने, सरकारलाई खुला पत्र पठाउने र सञ्चार माध्यमले पनि बारम्बर कुरा उठाउन थालेपछि सरकार उनीहरुलाई फिर्ता ल्याउननिष्कर्षमा पुगेको हो । सर्वोच्च अदालत, संघीय संसद्का दुवै सदन तथा संसदीय समितिले पनि अलपत्र नेपालीको उद्दार गर्न सरकारलाई निर्देशन दिइसकेको छन् । विदेशमा अलपत्र नेपालीलाई फिर्ता ल्याउन संसद्मा सार्वजनिक महत्वको प्रस्ताव समेत दर्ता भएको छ । सांसद् गगन थापाले संघीय संसद्मा नेपालीलाई स्वदेश फर्काउने सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।
सरकारले विभिन्न दूतावासमार्फत् संकलन गरेको तथ्यांकमा २ लाख १० हजार ८७९ नेपालीले बन्दाबन्दी खुलेलगत्तै नेपाल फर्कने इच्छा व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको गत साता बसेको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २ लाख १० हजार ८७१ नेपालीलाई तत्काल उद्धार गरेर स्वदेश ल्याउनुपर्ने र बाँकी ३ लाख ७७ हजार भन्दा बढीलाई पनि नेपाल ल्याउनुपर्ने अवस्था रहेको जानकारी दिए । त्यसरी तत्काल स्वदेश फर्किनेमा ठूलो संख्यामा वैदेशिक रोजागारीमा गएका र रोजगारी गुमेकाहरू छन् ।
त्यसैगरी, नियमित रूपमा स्वदेश आउन चाहेका तर हवाइ उडान बन्द भएर रोकिएका, भीसा सकिएका, पर्यटकका रूपमा विदेश गएर अड्किकाहरू रहेको ज्ञवालीले जनाए । भारतबाट स्वदेश फर्किनेको संख्या साढे २ लाख रहेको मन्त्री ज्ञवालीले जनाए ।
स्वदेश फर्किन चाहनेहरूलाई सम्बन्धित मुलुकले विमान चार्टर गरेर नेपाल पुर्‍याउन खोजेको पनि मन्त्री ज्ञवालीले बताए । श्रम गन्तव्य मुलुक यूएईले नेपाली कामदारलाई आफैं विमानमा पुर्‍याउने अनुमति माग्दै सरकारलाई पत्र लेखेको उनले जानकारी दिए । यूएईले त्यसरी नेपालीलाई फर्काउन अनुमति माग पनि क्वारेन्टाइन लगायतको व्यवस्था नगरी अनुमित दिन सकिने अवस्था नरहेको उनको भनाइ थियो ।
विदेशबाट आउनेहरूलाई कसरी व्यवस्थापन गर्ने भनेर सरकारले तयारी र अध्ययन गरिरहेको उनले जानकारी दिए । ुविदेशबाट आउनेको प्रभाव अर्थतन्त्र र अन्य क्षेत्रमा कत्तिको पर्छ भन्ने यकिन छैन । मुलुकको अर्थतन्त्रमा ठूलो प्रभाव पर्नसक्ने आाकलन छ,ु उनले भने, ुयसको बारेमा अध्ययन गर्नका लागि योजना आयोगका सदस्यको संयोजकत्वमा विभिन्न मन्त्रालयका प्रतिनिधिसम्मिलित समिति बनेको छ ।ु
त्यसैगरी, विदेशबाट ल्याइएकाहरूलाई क्वारेन्टाइनमा राखेर बाहिर निकालेपछि श्रम क्षेत्रमा कसरी जोड्ने भन्नेबारे पनि सरकारी कार्यदलले काम गरिरहेको उनले जानकारी दिए । विदेशबाट ल्याएकाहरूलाई व्यवस्थापन गर्नका लागि प्रदेशपिच्छे ५० हजार क्षमताको क्वारेन्टाइन बेड संख्या बढाउने सरकारको तयारी छ । सकेसम्म विदेशमा रहेका नेपालीलाई समस्या नहुने अवस्थासम्म विदेशमै बस्न प्रेरित पनि सम्बन्धित देशमा रहेका नेपाली कूटनीतिक नियोगहरूले गरिरहेका छन् ।
भारतबाट आउनेको संख्या ठूलो भएकाले समस्या थपिने सरकारको आँकलन छ । भारतबाट आउनेलाई सोझै आउनदिए ुनेपालको वर्तमान व्यवस्थापनमा उलटफेर हुनेु मन्त्री ज्ञवालीको भनाइ छ । भारतबाट ठूलो संख्यामा नेपाल आउने नागरिक रहेकाले उनीहरूलाई नियन्त्रित रूपमा ल्याउन सरकारले तयारी गरिरहेको छ । भारतका कुन ठाउँमा कति नेपाली छन् र उनीहरू कसरी आइरहेका छन् भन्ने सरकारसँग कुनै यकिन विवरण नभएको पनि समस्या भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x