Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

पेट्रोलियम पदार्थमा बढ्दो परनिर्भरता : वार्षिक आयातमै रू. २ खर्ब १६ अर्ब खर्च

पेट्रोलियम पदार्थमा बढ्दो परनिर्भरता : वार्षिक आयातमै रू. २ खर्ब १६ अर्ब खर्च

काठमाडौं, ४ जेठ । देशमा खाद्यान्नदेखि पेट्रोलियम पदार्थसम्म परनिर्भरता बढ्दै जाँदा व्यापार घाटा वर्षेनि बढिरहेको तथ्यांक आउने गरेका छन् । हालसम्म नेपालमा पेट्रोलियम पदार्थको स्रोत पहिचान, उत्खनन तथा व्यावसायिक उत्पादन नभइसकेको हुँदा आयातमै निर्भर हुनुपरेको छ । तर यसको बढ्दो आयात भने अर्थतन्त्रकै लागि चुनौतीको रूपमा देखिएको छ ।
व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रको गत आर्थिक वर्ष २०१८÷१९ को तथ्यांक हेर्ने हो भने पेट्रोलियम पदार्थको आयातमा नेपालबाट २ खर्ब १६ अर्ब रुपैयाँभन्दा बढी बाहिरिएको छ । अघिल्लो आर्थिक वर्षमो यस्तो आयात १ खर्ब ७२ अर्बको थियो । उक्त तथ्यांकले नेपालमा पेट्रोलियमको आयातमा एक वर्षमै ४४ अर्बको वृद्धि भएको देखाउँछ । जब कि १० वर्षअघि यस्तो आयात ४० अर्ब हाराहारीमा हुने गरेको थियो ।
पेट्रोलियम पदार्थको आयात घटाउन उपयुक्त नीति अवलम्बन गर्न नसक्दा यस्तो अवस्था आएको सरोकारवालाहरू औंल्याउँछन् । पेट्रोलियमको आयात निरुत्साहन गर्न विद्युतीय सवारीसाधनको प्रयोगमा बढावा दिनुका साथै वैकल्पिक ऊर्जाक्षेत्रमा लगानी बढाउन विज्ञहरूले सुझाउँदै आएका छन् । यूरोपका जर्मनी, नर्वे स्वीडेन जस्ता देशका साथै पछिल्लो सपमय चीनले समेत ‘ग्रीन इनर्जी’ प्रवद्र्धनमा जोड दिएको सन्दर्भमा नेपालले पनि सोही नीति अंगीकार गरेर अघि बढ्न सके पेट्रोलियम पदार्थको आयात धेरै हदसम्म घटाउन सकिन्छ ।
आगामनी आर्थिक वर्षको नीति तथा कार्यक्रमले समेत जलविद्युत् विकासका का लागि विभिन्न कार्यक्रम ल्याएकाले केही आशा गर्ने ठाउँ दिएको छ । साथै विद्युतीय सवारीको भन्सार लगायतमा समेत छूट दिइरहेको सन्दर्भमा यसको प्रयोग बढ्दै गएको छ । साथै हरित ऊर्जा उत्पादनमा प्रोत्साहन, उत्प्रेरणा, अनुदान र करमुक्ति जस्ता सुविधा प्रदान गर्दै जलविद्युत् आधारित यातायात, तापीय र यान्त्रिक र पाक प्रणालीको विकास गरी मुलुकलाई आत्मनिर्भर बनाउन आवश्यक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x