Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

निम्बस समूहका सबै कर्मचारीको कोभिड–१९ बीमा

निम्बस समूहका सबै कर्मचारीको कोभिड–१९ बीमा

काठमाडौं ४ जेठ । निम्बस समूहले आफ्ना सबै कर्मचारीहरुको कोभिड–१९ विरुद्धको बीमा गरिदिएको छ । कम्पनीले सम्भावित जोखिम तथा त्यसबाट हुन सक्ने आर्थिक क्षतिलाई न्यूनिकरण गर्न शिखर इन्स्योरेन्सको सहकार्यमा आफ्ना सम्पूर्ण उद्योगमा कार्यरत ५३६ जना कामदार तथा कर्मचारीहरुको कोभिड इन्स्योरेन्स गरेको हो ।

हाल कम्पनीले अत्यावश्यक वस्तु उत्पादन गर्न र ढुवानी गर्न निम्वसबजार डट कममार्फत आएका मागहरुलाई सुरक्षित ढुवानी गर्न पीपीईको समेत प्रयोग गर्दै आएको निम्बसका प्रवन्ध निर्देशक आनन्द अग्रवाल बगडियाले बताए । उनले भने – “हामीले सवै कर्मचारीहरुलाई फेसमास्क,पन्जा, हैण्ड सेनिटाइजर आदि उपलब्ध गराउनुका साथै सवै किसिमका जोखिम न्यनीकरण गर्नाका लागि सम्पुर्ण कर्मचारीहरुलाई कार्य स्थलभित्र आवश्यक सामाजिक दुरी कायम गर्न सिकाएका छौं ।” कम्पनीले कार्यस्थल, कर्मचारी तथा सामाजिक, स्वास्थ्य, सुरक्षा र सरसफाई सधैं प्राथमिकतामा रहिआएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x