Date

बुध, जेष्ठ १६, २०८१
Wed, May 29, 2024

भारतले दियो ३० हजार पीसीआर कीट्स

भारतले दियो ३० हजार पीसीआर कीट्स

काठमाडौं, ५ जेठ । भारत सरकारले नेपाललाई ३० हजार व्यक्तिको कोरोना भाइरस संक्रमणको अवस्था परिक्षण गर्न सकिने गरी ३० हजार पीसीआर (पोलिमरेज चेन रियाक्सन) कीट्स उपाहारमा दिएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई उक्त टेस्ट कीट्स हस्तान्तरण गरेका छन् । भारतको माईल्याबले उत्पादन गरेको प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट कीट हरु भारतीय जनताको तर्फबाट नेपालीलाई उपहार स्वरुप प्रदान गरिएको राजदूत क्वात्राले बताए ।
यसअघि भारतले वैशाख १० गते नेपाललाई २३ टन औषधी हस्तान्तरण गरेको थियो । औषधी र परिक्षण कीटको हस्तान्तरणले कोभिड–१९ ले निम्त्याएको साझा चुनौती विरुद्ध तयार रहन, सामना गर्न र एकसाथ लड्न दुई देशका नेता एवं जनताबीचको सहकार्य प्रदर्शित गरेको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ ।
गत चैत २ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फरेन्स गरेसँगै यी पहलकदमीको सुरुवात भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x