थप ९ जनामा कोरोना पुष्टि, ८ जना झापाका
काठमाडौं, ८ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड(१९) थप ९ जनामा पुष्टि भएको छ । बिहीबार थपिएका कोरोना संक्रमित ९ जनामध्ये ८ जना झापाका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । यीमध्ये ४९ जना निको भएर घर फकिएका छन् भने ३ जनाको मृत्यु भएको छ । बिहीबार ४ जना निको भएर घर फर्किएका हुन् ।
हालसम्म ३८ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै संक्रमितको संख्या सबैभन्दा बढी प्रदेश नं. ५ मा छ । यो प्रदेशमा १९७ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै प्रदेश नं. २ मा ३६ जनामा, प्रदेश नं. १ मा ८४मा जना, बागमति प्रदेशमा २६ मा जना, सुदूरपश्चिम प्रदेशमा ५ जनामा, गण्डकी प्रदेशमा ४ जनामा र कर्णाली प्रदेशमा १ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ४१३ वटा परिक्षण गरिएको छ भने आरडीटी विधिबाट ३ हजार ६२३ वटा परिक्षण गरिएको मन्त्रालयले जनाएको छ । हालसम्म पीसीआर विधिबाट ३८ हजार ७३६ र आरडीटी विधिबाट ७८ हजार ६९५ वटा परिक्षण गरिएको छ ।