Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

निजीक्षेत्रका कर्मचारीको तलबबारे मानव संसाधन समाज नेपालको ध्यानाकर्षण

काठमाडौं, ८ जेठ । कोभिड १९ को कारण प्रभावित निजीक्षेत्रका कर्मचारीहरूको तलबका सम्बन्धमा मानव संसाधन समाज नेपालले सरकारको ध्यानाकर्षण गराएको छ । कोरोना महामारीले उद्योग धन्दा व्यापार, व्यवसाय ठप्प भएर संघसंस्थाहरू आफ्ना कर्मचारीलाई तलब दिन नसक्ने अवस्था आएको, कर्मचारी कटौती हुन थालेको, बेतलबी बिदामा बसाउनेसम्मको गतिविधि गर्न व्यवसायी बाधय भएको भन्दै संस्थाले यो अवस्था आउनु डरलाग्दो भएको बताएको छ । यसै सन्दर्भमा नेपाल सरकार र नेपालको निजीक्षेत्रका प्रतिनिधिहरूको बीचमा कुनै पनि समस्याको समाधान ननिस्किएकाप्रति ध्यानाकर्षण भएको भन्दै संस्थाले यसलाई सर्वस्वीकार्य हुनेगरी समाधान निकाल्न सरकार लगायत सरोकारवाला संघसंस्थासँग अनुरोध गरेको छ ।

संस्थाले सरकार सबैको अभिभावक हुनुपर्ने मान्यता राख्दै संस्थाले यसको नेतृत्व सरकारले लिनुपर्नेमा जोड दिएको छ । यस्तै तलब समस्याको समाधानका लागि यूरोप, अमेरिका, चीन र सार्क मुलुकले गरेका अभ्यासको अध्ययन गर्न सकिने बताएको छ । यस सम्बन्धमा संस्थाले विभिन्न सुझाव समेत दिएको छ, जसअनुसार केही समयका लागि प्रतिष्ठानहरूले कम्तीमा ५० प्रतिशत तलब उपलब्ध गराउने र त्यसमा बाँकी कति सकिनछ सहमतिको आधारमा सरकारले र कर्मचारीले बेहोर्ने तर प्रतिष्ठानहरूले ५० प्रतिशत बेहोरो बापत सरकारले उक्त भारलाई कुनै बाटोबाट प्रतिष्ठानहरूलाई अनुदानको व्यवस्था मिलाउनुपर्ने बताएको छ ।

सबै प्रतिष्ठानहरूलाई सुचारु गर्न लगाएर आलोपालो तकिा का आधारमा कर्मचारी वर्गलाई कााममा लगाई कसैलाई पनि मर्का नपर्ने हिसाबले भुक्तानी गर्ने, जसका कारणले प्रतिष्ठान पनि सुचारु हुने र कर्मचारीको दैनिक पनि चल्ने अवस्था सृजना हुने विचार संस्थाले राखेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x