पर्यटन क्षेत्रलाई कसरी पुनर्जीवन दिने ?
आरके लामिछाने
यतिबेला विश्व नै कोरोना सन्त्रासबाट गुज्रिएको छ । विश्वव्यापी यो महामारीको प्रभाव नेपालमा नपर्ने कुरै भएन, जसको रोकथाम र नियन्त्रणका लागि लडकडाउन गरिएको छ । अत्यावश्यक सेवाबाहेकका क्षेत्रहरू ठप्पप्रायः छन् । तीनै तहका सरकारले परीक्षणको दायरा बढाएका छन् । यससँगै संक्रमितको संख्या दिनानुदिन थपिएका छन्, जुन अहिलेको नियमित प्रक्रिया नै बनिसकेको छ ।
कोरोनाले प्रभाव नपरेको क्षेत्र शायदै होला । यसको प्रकोप र रोकथामका लागि लागि गरिएको लडकडाउनका कारण अहिलेसम्म कुन क्षेत्रमा कति प्रभाव प¥यो भन्ने यकिन तथ्यांक आउन बाँकी छ । यद्यपि कोरोना महामारीले सबैभन्दा पहिले र बढी प्रभावित क्षेत्र भने पर्यटन हो । र, अन्य क्षेत्रको तुलनामा यो क्षेत्र लामो समयसम्म प्रभावित हुने देखिएको छ ।
कोरोना संक्रमण र यसको रोकथामका लागि गरिएको लकडाउनले हवाई र पर्यटन क्षेत्रसँग जोडिएका सबै गतिविधि बन्द छन् । तारे होटलेदेखि स–साना पर्यटकीय होटल, पदयात्रा, जलयात्रा र हिमाल आरोहणका साथै आन्तरिक पर्यटनका क्रियाकलाप समेत रोकिएका छन् ।
विभिन्न संघ संस्थाहरूले गरेको अध्ययनले पनि पर्यटन क्षेत्रमा महामारीको दिगो प्रभाव पर्ने देखाएको छ । लकडाउन खुकुलो हुनेबित्तिकै अर्थतन्त्रका अन्य क्षेत्र विस्तारै सहज हुँदै गए पनि व्यक्तिगत स्वास्थ्य, खर्च गर्न सक्ने क्षमता, यातायातको सहजता आदि विभिन्न विषयसँग प्रत्यक्ष सम्बन्ध हुने भएकाले पर्यटनले गति लिन समय लाग्ने विज्ञहरूको बुझाइ छ ।
कोरोना नियन्त्रमा आइहाले पनि नेपालमा ३ वर्षसम्म पर्यटन क्षेत्र प्रभावित हुने नेपाल पर्यटन बोर्डको अनुमान छ । पर्यटन क्षेत्र सामान्य अवस्थामा आउन सन् २०२२ सम्म कुर्नुपर्ने बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी बताउँछन् । यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको एक अध्ययनले पनि पर्यटन क्षेत्र लामो अवधिसम्म प्रभावित हुने बताएको छ । संकट कहिलेसम्म लम्बिन्छ भन्ने अनिश्चित रहे पनि यसको असर दीर्घकालीन हुने उक्त अध्ययनको निष्कर्ष छ ।कोरोना संक्रमण र यसको रोकथामका लागि गरिएको लकडाउनले हवाई र पर्यटन क्षेत्रसँग जोडिएका सबै गतिविधि बन्द छन् । तारे होटलेदेखि स–साना पर्यटकीय होटल, पदयात्रा, जलयात्रा र हिमाल आरोहणका साथै आन्तरिक पर्यटनका क्रियाकलाप समेत रोकिएका छन् ।
यस्तो अवस्थामा पर्यटन सम्बद्ध दर्जनौं क्षेत्र (उड्डयन, होटल, रिसोर्ट, रेष्टुराँ, होम स्टे, हाइकिङ–ट्रेकिङ, र्याफ्टिङ, माउन्टेनियरिङ लगायत) धराशयी बनेका छन् । कोरोना महामारी र लकडाउनका कारण पर्यटन क्षेत्रले मासिक करीब २ अर्ब नोक्सान बेहोर्दै आएको बताइएको छ । यस क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न लाखौं मजदूर कामविहीन भएका छन् । व्यवसायीलाई कर्मचारी तथा श्रमिकको तलब जुटाउनै मुश्किल परेको छ भने बैंक कर्जा, ब्याज कसरी तिर्ने भन्ने चिन्ता उत्तिकै छ । कामविहीन हुनुपर्दा र न्यूनतम तलबसमेत नपाउँदा सम्बद्ध कर्मचारी तथा मजदूर मानसिक तनावको शिकार बन्ने सम्भावना बढेको छ ।
पर्यटन व्यवसायीले यस क्षेत्रको पुनरुद्धारका लागि विशेष राहत प्याकेज ल्याउन माग गरेका छन् । तर सरकारको नीति तथा कार्यक्रमले आफ्ना समस्या सम्बोधन गर्न नसकेको उनीहरूको गुनासो छ । पर्यटनमन्त्रीले पर्यटन व्यवसायीसँग प्रतिबद्धता गरेका समेत नीति तथा कार्यक्रममा समेटिन नसक्दा यो क्षेत्र झनै समस्यामा पर्ने उनीहरूको चिन्ता छ ।
आशा आन्तरिक पर्यटनमा
पर्यटन क्षेत्रमा गरिएको खर्बौं लगानी डुब्न नदिन बेलैमा उपयुक्त कार्यक्रम ल्याउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । त्यसो त पर्यटनलाई दिगो रूपमा चलायमान बनाइराख्न विकल्पहरूको खोजी पनि भइरहेको छ । विश्वभर नै चरम रूपमा बढिरहेको कोरोना सन्त्रासको यो अवस्थामा बाह्य पर्यटनको सम्भावना शून्यप्रायः छ । त्यसैले आगामी केही समय आन्तरिक पर्यटन प्रवद्र्धनमै जोड दिनु उपयुक्त हुने सम्बद्ध क्षेत्रका विज्ञहरूले सुझाएका छन् ।
कोरोनाबाट सुरक्षित रहँदै आन्तरिक पर्यटनका गतिविधि बढाउन सकिने नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन् । केही गरी लकडाउन खुलिहाले पनि विदेशी पर्यटक आउने सम्भावना न्यून रहेको, हवाई यात्रामा पनि सामाजिक दूरी कायम गर्नुपर्दा भाडा महँगो हुने भएकाले बाह्य पर्यटक भ्रमणका लागि आउन चुनौती रहेको उनको बुझाइ छ । त्यसैले अबको विकल्प आन्तरिक पर्यटन भएको उनको ठम्याइ छ । सार्वजनिक यातायात, होटेल, रिसोर्ट र पर्यटकीय क्षेत्रहरू ‘डिसइन्फेक्ट’ गराउँदै भौतिक दूरी कायम राखेर घुमफिरको वातावरण तयार भएमा कोरोना संकटकै घडीमा पनि आन्तरिक पर्यटन प्रवद्र्धन हुने धारणा उनी राख्छन् । यसका लागि व्यवसायी र सरकार दुवै मिलेर सुरक्षा मापदण्ड बनाउनुपर्ने उनको सुझाव छ ।
पर्यटनलाई पुनर्जीवन दिने विकल्पको खोजीमा स्वयं सम्बद्ध व्यवसायी समेत जुटेका छन् । सरकारले सुरक्षा मापदण्ड पालना गर्दै उद्योग, कलकारखाना खोल्न अनुमति दिएजस्तै सुरक्षा प्रोटोकल अपनाएर आन्तरिक पर्यटन बढाउन सकिने व्यवसायीहरूको बुझाइ छ ।
यस्तै नेपालको सन्दर्भमा सरकारी कर्मचारीलाई भ्रमण प्याकेज दिने पर्यटनमन्त्री योगेश भट्टराईको भनाइले पनि सरकारको ध्यान आन्तरिक पर्यटनमै रहेको बुझाउँछ । गत महिना सेजनले आयोजना गरेको भर्चुअल छलफलमा उनले सरकारी कर्मचारीलाई एकमहिने भ्रमण बिदा दिएर भए पनि पर्यटन क्षेत्र चलायमान बनाइने उद्घोष गरेका थिए ।
पर्यटनलाई पुनर्जीवन दिने विकल्पको खोजीमा स्वयं सम्बद्ध व्यवसायी समेत जुटेका छन् । सरकारले सुरक्षा मापदण्ड पालना गर्दै उद्योग, कलकारखाना खोल्न अनुमति दिएजस्तै सुरक्षा प्रोटोकल अपनाएर आन्तरिक पर्यटन बढाउन सकिने व्यवसायीहरूको बुझाइ छ । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेण्ट्सका पूर्वअध्यक्ष सीएन पाण्डे त्यस्तो प्रोटोकलको मस्यौदा तयारी हुँदै गरेको बताउँछन् । उक्त मस्यौदालाई सरकारले स्वीकृति दिएमा आन्तरिक पर्यटन गतिविधि अगाडि बढाउन सकिने उनको भनाइ छ । कोरोनाको महामारी नियन्त्रणमा आएपछिका ६–७ महिना आन्तरिक पर्यटनबाट थेग्न सकिए विदेशी पर्यटकको गतिविधि पनि शुरू गर्न सकिने उनको भनाइ छ ।
वर्षेनि करिब ४० लाख नेपाली घुमफिरमा निस्किने गरेको अनुमान छ । सन् २०१९ मा मात्र करिब १३ लाख नेपालीले विदेश भ्रमण गरेका थिए । नेपाल आउने विदेशीभन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गर्ने गरेको व्यवसायी बताउँछन् । आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत यसले सम्भावना देखाउने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी बताउँछन् । घुम्नका लागि विदेश जाने नेपालीलाई देशकै विभिन्न गन्तव्यमा आकर्षित गर्नुपर्ने उनको भनाइ छ ।
कोरोनाको असरले देशको पर्यटन क्षेत्र पुरानो अवस्थामा फर्किन कम्तीमा २–३ वर्ष लाग्ने जानकारहरूको अनुमान छ । जल पर्यटन, पर्यापर्यटन, कृषि, हामेस्टे, लगायत आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिन उनीहरू सुझाउँछन् । उपलब्ध लगानी स्थानीयस्तरकै नयाँ पर्यटकीय गन्तव्यमा आकर्षण गर्न सके अझै फलदायी हुने उनीहरूको बुझाइ छ ।