Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

आर्थिक सर्वेक्षण १ बजे प्रस्तुत हुँदै

आर्थिक सर्वेक्षण १ बजे प्रस्तुत हुँदै

काठमाडौं, १३ जेठ । अर्थमन्त्रीले दिउँसो १ बजे संसद् समक्ष आर्थिक सर्वेक्षण संसद्मा पेश गर्न लागेका छन् । बजेट प्रस्तुत गर्नुअघि संसद्मा अर्थमन्त्रीले आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने चलन छ । अर्थमन्त्रीले आर्थिक सर्वेक्षण र संस्थानको प्रगतिविवरण पेश गर्नेछन् । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत नै राखेर आर्थिक सर्वेक्षण प्रस्तुत हुनेछ । केन्द्रिय तथ्यांक विभागले जेठदेखि पूर्ववत् आर्थिक क्रियाकलाप भएमात्र उक्त आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको थियो । तर कोभिड–१९ को संक्रमण फैलिएर लकडाउन थप्नुपरेपछि अनुमानित आर्थिक वृद्धिदर हासिल हुन कठिन देखिन्छ । अब केन्द्रिय तथ्यांक विभागले संशोधित अनुमान सार्वजनिक गरेपछिमात्र यथार्थ आर्थिक वृद्धिदर बारे जानकारी हुनेछ । आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने समय नजिक आइसकेकाले केन्द्रीय तथ्यांक विभागले उक्त अनुमानमा संशोधन गरेको छैन ।
आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको आठ महिनाको तथ्यांक समावेश हुने हुनाले कोभिड–१९ को प्रभाव विस्तृतमा समेटिने छैन । यद्यपि अर्थमन्त्रीले कोभिड–१९ को असर र चुनौतीबारे भूमिकामा चर्चा गरेका छन् । कोभिड –१९ का कारण पर्यटन क्षेत्र, उद्योग, निर्माण, व्यापार हरेक क्षेत्रमा असर परेको छ । स्वास्थ्योपचार, रोजगारी सिर्जना, कृषि क्षेत्रको विकास, राहतलाई प्राथमिकता दिएर सरकारले जेठ २ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सोही आधारमा बजेट निर्माण हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x