Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआइसी एशिया बैंकका ग्राहकलाई रिचार्जरबाट कोरोना सुरक्षा सामान खरिदमा १० प्रतिशत छुट

एनआइसी एशिया बैंकका ग्राहकलाई रिचार्जरबाट कोरोना सुरक्षा सामान खरिदमा १० प्रतिशत छुट

काठमाडौं, १३ जेठ । एनआईसी एशिया बैंकको क्यू आर कोड र डेविट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरी मोबाइल एप रिचार्जरमार्फत सामान खरिद गर्दा १० प्रतिशत छुट पाइने भएको छ । ग्लोबल की टेक्नोलोजी र रिचार्जरका बीच भएको सम्झौताअनुसार मे महिना भरी बैंकका सेवाग्राहीले रिचार्जरको छुटसँगै कोरोना सुरक्षाका सामान किन्दा थप १० प्रतिशत छुट पाउने भएका हुन् ।

रिचार्जरले के एन ९५ मास्क निशुल्क होम डेलिभरीसहित १७५ रुपैयाँमा उपलब्ध गराउदै आएको छ । त्यस्तै, कोरोना संक्रमण न्युनिकरणका लागि आवश्यक मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, पर्शनल प्रोटेक्सन किट्सलगायतका सामान सस्तो मूलयमा उपलब्ध गराउँदै आएको छ ।

रिचार्जरको यो अफरमा एनआईसी एशिया बैंकका सेवाग्राहीले थप १० प्रतिशत छुट पाउने छन् । एनआईसी एशिया बैंकका अनुसार रिचार्जरबाट अर्डर भएको सामानको महसुल भुक्तान भए पछि १० प्रतिशत रकम खातावालाको बैंक खातामा फिर्ता गरिनेछ ।

ग्लोबल की टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले आफ्नो जन्मोत्सवको अवसरमा सुरु गरिएको योजनामा एनआईसी एशिया बैंकको योजना पनि थपिए पछि झनै सस्तो मूल्यमा कोरोना सुरक्षाका सामान पाइने बताए । एनआईसी एशिया बैंक र रिचार्जरको यो सहकार्यले धेरैले सस्तोमा मास्क तथा अन्य सामान पाउने उनको विश्वास छ । एपमा मास्कको मूल्य २ सय रुपैंया रहने भए पनि २५ क्यास प्वाइन्ट रिडिम गरी १७५ रुपैंयामा खरिद गर्न सकिन्छ । यो मास्कको बजार मूल्य ३५० देखि ५५० रुपैंयासम्म सम्म छ ।

त्यस्तै टाढैबाट शरीरको तापकक्रम मापन गर्नका लागि प्रयोग हुने थर्मल गन अन्यत्रभन्दा सस्तोमा ३ हजार ८०० रुपैंयामा उपलब्ध हुनेछ । बाहिरी बजारमा यो थर्मल गन ५ हजार रुपैंयाभन्दा माथिको मूलयमा बिक्री बितरण भैरहेको छ ।

मोबाइल, ल्यापटप, क्यामेरा लगायतका विद्युतीय उपकरण बिक्री बितरणमा इ हबका रुपमा परिचित रिचार्जर एपबाट सामान किन्दा विभिन्न वालेट सेवाप्रदायक, बैंक वित्तीय संस्थाका इन्टरनेट बैंकिङ, डेटि तथा क्रेडिट कार्डका साथै सामान डेलिभरीका बेला पनि रकम भुक्तानी गर्न सकिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x