Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको तयारीमा राष्ट्र बैंक

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको तयारीमा राष्ट्र बैंक

काठमाडौं, १३ जेठ । नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमाथिको तेस्रो त्रैमासिक समीक्षा र आगामी आवको मौद्रिक नीति दुवैको तयारी थालेको छ । कोरोना महामारीको जोखिम तथा लकडाउनका कारण अहिले सीमित कर्मचारीले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताएका छन् ।
यसै साता तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहेको राष्ट्र बैकले यस वर्ष केही ढिलाइ भएको बताएको छ । गतवर्ष जेठ पहिलो सातातिरै समीक्षा सार्वजनिक गरिए पनि यसपटक कोरोना प्रभावका कारण ढिलाइ भएको हो । मौद्रिक नीति कोरोनाले पार्ने प्रभाव र यसबाट अर्थतन्त्रलाई सबल बनाउने उपायमा हुने राष्ट्र बैंकको भनाइ छ ।
यसबीच चालू आवको मौद्रिक नीतिअनुसार चुक्तापूँजीको २५ प्रतिशत बराबर डिबेञ्चरबाट उठाउन सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको थियो । सबैजसो बैंकले यसलाई कार्यान्वयनमा ल्याएको भट्टले बताए ।
बैंक तथा वित्तीय संस्थाहरूले विदेशबाट ऋण प्राप्त गर्न सक्ने स्रोतको दायरा विस्तार गर्दै बैंकिङ क्षेत्रका अतिरिक्त पेन्सन फन्ड, हेज फन्ड लगायत स्रोतबाट समेत ऋण ल्याउन सक्ने व्यवस्था गरिएको उनको भनाइ छ । तरलता व्यवस्थापन प्रभावकारी बनाउँदै ब्याजदर स्थायित्व कायम गर्नेतर्फ पनि राष्ट्र बैंकले आफ्नो भूमिका निर्वाह गर्न सकेको दाबी उनले गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x