Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सहरी क्षेत्रमा बसोबास गर्नेको जनसंख्या २.३ प्रतिशत बढ्यो

सहरी क्षेत्रमा बसोबास गर्नेको जनसंख्या २.३ प्रतिशत बढ्यो

काठमाडौं, १४ जेठ । नेपालमा सहरी क्षेत्रमा बसोबास गर्नेको संख्या वृद्धि भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७६र७७ अनुसार गत वर्षको तुलनामा यो वर्ष सहरी क्षेत्रमा बसोबास गर्नेको जनसंख्या २.३ प्रतिशतले वृद्धि भएको हो ।

हाल सहरी क्षेत्रमा बसोबास गर्नेको जनसंख्या कुल जनसंख्याको ६२.२ प्रतिशत पुगेको छ । यो तथ्यांक गत वर्षको सोही अवधिमा ५९.९ प्रतिशत मात्र थियो ।

तीव्र सहरीकरण र गाँउपालिकाहरु जोडेर नयाँ नगरपालिकाहरुको घोषणा भएका कारण नेपालको सहरी क्षेत्रमा बसोबास गर्ने जनसंख्या बढ्दै गएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
त्यस्तै आर्थिक सर्वेक्षण २०७५र७६ मा दिगो विकासको लक्ष्य अनुरुप सहरी विकासको कार्यलाई विभिन्न कार्यक्रमहरु सञ्चालन गरी द्रुततर गतिमा अगाडि बढाईएको उल्लेख गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x