Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले भन्यो, ‘कोभिड–१९ ले १६८ अर्ब क्षति हुने अनुमान छ’

मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले भन्यो, ‘कोभिड–१९ ले १६८ अर्ब क्षति हुने अनुमान छ’

काठमाडौं, १४ जेठ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ ले अर्थतन्त्रमा १ खर्ब ६८ अर्ब रुपैयाँ नोक्सानी भएको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ । राष्ट्र बैंकले कोभिड–१९ को महामारी नभएको खण्डमा अर्थतन्त्र ७ प्रतिशतले विस्तार हुने अनुमान गरेकोमा अहिले २.३ प्रतिशतमात्र आर्थिक वृद्धिदर हुने अनुमान छ । सोही आधारमा केन्द्रिय बैंकले प्रारम्भिक क्षतिको अनुमान सार्वजनिक गरेको हो । यद्यपि, सरकारले भने चालु आर्थिक वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने अनुमान गर्दै बजेटको मध्यावधि समीक्षामा पनि त्यसलाई यथावत् राखेको थियो । जेठदेखि आर्थिक गतिविधि सुचारु हुने अनुमानका आधारमा केन्द्रीय तथ्यांक विभागले २.३ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमान सार्वजनिक गरेको भए पनि चालु आर्थिक वर्षको अन्त्यसम्म नै राम्ररी आर्थिक गतिविधि हुने वातावरण नरहेकाले आर्थिक वृद्धिदर शून्यभन्दा कम हुन सक्ने अर्थात् ऋणात्मक हुन सक्ने पछिल्लो आँकलन छ । जसले गर्दा अर्थतन्त्रमा क्षति केन्द्रीय बैंकको अनुमानको तुलनामा दोब्बरभन्दा बढी भएको अनुमान गरिएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले वैशाखको अन्त्यसम्म नेपाली अर्थतन्त्रमा ३०० अर्ब अर्थात् तीन खर्ब जतिको क्षति भएको पूर्वानुमान अर्थमन्त्रालयले गरेको बताएका थिए ।

राष्ट्र बैंकले लकडाउनपछि रेमिट्यान्स उल्लेख्य घटेको उल्लेख गरेको छ । चैत र वैशाखमा गरी दुई महिनामा ७५ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । गत वर्ष सोही अवधिमा १४३ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । पर्यटनबाट फागुन र चैतमा क्रमशः ५ अर्ब १० करोड र १ अर्ब ६० करोड आम्दानी भएको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x