Date

सोम, असार ४, २०८१
Mon, June 17, 2024

जनक शिक्षा सामाग्री केन्द्रका कर्मचारीहरुको कोरोना बीमा युनाइटेड इन्स्योरेन्समा

जनक शिक्षा सामाग्री केन्द्रका कर्मचारीहरुको कोरोना बीमा युनाइटेड इन्स्योरेन्समा

काठमाडौं, १५ जेठ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको कर्मचारीहरुको कोरोना बीमा गरिएको छ। युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडमा केन्द्रका कर्मचारीहरुको बीमा गरिएको हो ।

केन्द्रको ४ सय ४६ जना कर्मचारीको इन्स्योरेन्सको भक्तपुर शाखाबाट बीमा गरिएको हो । बीमा गरिएपछि कोरोनाबाट हुने आर्थिक क्षतिको जोखिममा कमी आउने बताइएको छ ।

यसअघि आर्थिक पत्रकार समाज, नेपाल (सेजन) मा आवद्ध आर्थिक पत्रकारहरुको कोरोना बीमा पनि युनाइटेड मार्फत नै गरिएको छ ।

कोरोना महाहारीको समयमा न्यून आय भएका गरिब, निमुखा र फ्रन्टलाइनमा बसेर काम गर्नेहरुका लागि यो बीमा प्रभावकारी हुने छ । बीमाको प्रतिक्षा अवधि १५ दिन रहेको छ । कोरोना संक्रमण भएको पुष्टि हुने पीसीआर टेस्ट पोजेटिभ हुने बित्तिकै दाबीयोग्य हुने छ । त्यस्तै, क र ख गरि ५० हजार र १ लाख रुपैयाँ सम्मको बीमाङ्क राखेर व्यक्तिगत र पारिवारिक बीमा गर्न सकिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x