Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपाली सेनाले ल्यायो ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री

नेपाली सेनाले ल्यायो ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री

काठमाडौँ, १५ जेठ । नेपाली सेनाले चीनको ग्वान्जाओबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । ती स्वास्थ्य सामग्री नेपाल एयरलाइन्सको वाइडबडी जहाजले आज बिहान काठमाडौँ ल्याएको हो ।

निगमको सो वाइडबडी जहाज बुधबार राति चीनको ग्वान्जाओ उडेको थियो । सो जहाजले सो स्थानबाट करिब १५ टन स्वास्थ्य सामग्री ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् ।

उनका अनुसार वाइडबडी जहाजका दुई उडानबाट झण्डै ३२ टन स्वास्थ्य सामग्री ल्याइएको छ । चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्रीमध्ये ४७.५ टन जहाजबाट ल्याउने भनिए पनि पछिल्लो उडानमा ३० पोर्टेबल एक्सरे मेसशन जहाजमा नअटेकाले स्थलमार्गबाटै ल्याउने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

सेनाले जिटुजी प्रक्रियाबाट चीनसँग खरिद गरेको ३४१ टन स्वास्थ्य सामग्रीमध्ये ४७।५ टन जहाजबाट र अरु स्वास्थ्य सामग्री स्थलमार्गबाट ल्याउने योजना बनाएको थियो । यसअघि यही जेठ ६ गते १८।८४ टन स्वास्थ्य सामग्री जहाजबाट आइसकेको छ । सेनाले ६७ प्रकारका स्वास्थ्य सामग्री ल्याउने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x