Date

बुध, असार ३२, २०८२
Wed, July 16, 2025

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि एक खर्ब ७१ अर्ब रुपैयाँ बजेट

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि एक खर्ब ७१ अर्ब रुपैयाँ बजेट

काठमाडौं, १५ जेठ । सरकारले शैक्षिक पूर्वाधार विकासमा प्राथमिकता दिएको उल्लेख गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि एक खर्ब ७१ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यस्तै, सबै जिल्लामा साक्षरता अभियान संचालन गरि आगामी वर्ष साक्षर नेपाल घोषणा गर्नुका सथै भर्चुअल शिक्षाको विकास गरिने छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ६ अर्ब बजेट बिनियोजन गरिएको छ। आधारभूत शिक्षामा सबैको पहुँच स्थापित गरिने छ

२६ लाख विद्यार्थीका लागि छात्रबृत्तीका लागि २ अर्ब बजेट बिनियोजन गरिएको छ । ५ कक्षा सम्म अध्ययनरत विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम देशभर संचालन गर्ने र त्यसका लागि ७ अर्ब ५२ करोड बिनियोजन गरिएको छ।

त्यस्तै, माध्यमिक तहका निजी स्कुलले एक सामुदायिक स्कुलको जिम्मेवारी लिनुपर्ने व्यवस्था गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *