आगामी वर्ष १ हजार ३ सय मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा थप गरिने
काठमाडौं, १५ जेठ । आगामी वर्ष १ हजार ३ सय मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा थप गर्ने जनाइएको छ। सरकारको तर्फबाट आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराजज खतिवडाले यस्तो जनाएका हुन ।
त्यस्तै, ग्रामीण विद्युतीकरणका लागि ४ अर्ब रुपैयाँ बिनियोजन गरिएको छ। तराई मधेसका जिल्लामा थप ५० हजार बायोग्यास प्लान्ट स्थापना गरिने जनाईको छ भने वैकल्पिक उर्जा कार्यक्रमका लागि ४ अर्ब रुपैयाँ बिनियोजन गरिएको छ।
काठमाडौंबाट सुरु भएको विद्युत लाइन भूमिगत गर्नुका साथै भक्तपुर, ललितपुर, चितवनलगायत ठूला शहरमा यस्ता विद्युतीय लाइन विस्तार गरिने बताइएको छ ।