Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

फ्रास्ट ट्र्याकका लागि ८ अर्ब ९३ करोड र मध्यपहाडी लोकमार्गका लागि ८ अर्ब २७ करोड बजेट

फ्रास्ट ट्र्याकका लागि ८ अर्ब ९३ करोड र  मध्यपहाडी लोकमार्गका लागि ८ अर्ब २७ करोड बजेट

काठमाडौं, १५ जेठ । काठमाडौं–तराई मधेश द्रुत मार्ग (फ्रास्ट ट्र्याक) का लागि ८ अर्ब ९३ करोड बजेट बिनियोजन गरिएको छ। ३ वर्षभित्र सम्पन्न गर्ने गरि आगामी वर्षका लागि उक्त बजेट बिनियोजन गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

पुष्पलाल (मध्यपहाडी) लोकमार्गका लागि आगामी आर्थिक वर्षका लागि८ अर्ब २७ करोड बजेट छुट्याएको छ ।

त्यस्तै, कान्तिराजपथ र सूर्यविनायक धुलिखेल सडक विस्तारका लागि १ अर्ब २० करोड बजेट छुट्याइएको छ भने महाकाली नदीमा मोटरेबल पुल निर्माण सम्पन्न गर्न ८८ करोड बजेट छ्ट्याइएको छ।

रेलमार्गका लागि अर्ब ६६ करोड र २ सय ५० पुल निर्माण गर्न, ३ सय भन्दा बढी निर्माणाधीन पुल सम्‍पन्न गर्न र १३ सय स्थानीय पुल निर्माण गर्न १० अर्ब छुट्याइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x