Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

प्राथमिकता फेरिँदा पूर्वाधार बजेट प्रभावित, कुन आयोजनामा कति अन्तर ?

प्राथमिकता फेरिँदा पूर्वाधार बजेट प्रभावित, कुन आयोजनामा कति अन्तर ?

काठमाडौं, १८ जेठ । कोरोना महामारीका कारण बजेटको प्राथमिकता फेरिँदा आगामी आवमा भौतिक पूर्वाधारतर्फको बजेट केही घटेर आएको छ । अधिकांश ठूला पूर्वाधार आयोजनाको बजेट चालू वर्षको तुलनामा कम विनियोजन गरिएको छ । सुरुङमार्ग र रेलमार्गका लागि बजेट केही बढाइए पनि समग्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट २४ अर्ब ७२ करोड रुपैयाँ घटेको छ । चालू आवमा मन्त्रालयले १ खर्ब ६३ अर्ब रुपैयाँ बजेट पाएको थियो । आगामी आवका लागि १ खर्ब ३८ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

काठमाडौं–तराई फाष्ट ट्र्याक
आगामी आर्थिक आवमा राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई द्रुतमार्गको मुख्य काम अघि बढाइँदै छ, जसका लागि आगामी वर्ष ८ अर्ब ९३ करोड मात्र विनियोजन गरिएको छ । चालू आवमा उक्त आयोजनाका लागि १५ अर्ब १ करोड विनियोजन गरिएको थियो ।

पूर्वपश्चिम राजमार्ग
पूर्व–पश्चिम राजमार्गलाई आगामी ३ वर्षभित्र एशियाली राजमार्ग मापदण्डअनुरूप डेडिकेटेड चार लेनको द्रुत सडकका रूपमा स्तरोन्नति गरिने भएको छ । यसका लागि रू. १२ अर्ब २१ करोड बजेट विनियोजन गरिएको छ । चालू आवमा उक्त आयोजनाका लागि १९ अर्ब १८ करोड बजेट पारिएको थियो ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग
आगामी ३ वर्षमा सम्पन्न गर्न पुष्पलाल रू. ८ अर्ब २७ करोड बजेट विनियोजन भएको छ । हुलाकी राजमार्ग ३ वर्षभित्र सम्पन्न गर्न रू. ७ अर्ब १ करोड बजेट विनियोजन भएको छ । चालू आवमा यो राजमार्ग निर्माणको बजेट १२ अर्ब २० करोड रहेको थियो ।
हुलाकी राजमार्ग
हुलाकी राजमार्ग ३ वर्षभित्र सम्पन्न गर्न आगामी आवमा रू. ७ अर्ब १ करोड बजेट विनियोजन गरिएको छ । चालू आवमा यो आयोजनाको बजेट १३ अर्ब ६३ करोड रहेको थियो ।

औद्योगिक कोरिडोर व्यापारिक मार्ग
औद्योगिक कोरिडोर व्यापारिक मार्ग निर्माणका लागि आगामी आर्थिक वर्षमा १ अर्ब ९६ करोड बजेट छुट्याइएको छ । यो आयोजनाको चालू आवको बजेट भने ५ अर्ब ४ करोड रहेको थियो ।

मदनभण्डारी राजमार्ग
मदनभण्डारी राजमार्गको बजेट पनि चालू आवमा घटेर आएको छ । उक्त सडक निर्माणका लागि ३ अर्ब ७ करोड विनियोजन गरिएको छ । जबकि चालू आवमा यसको बजेट ४ अर्ब ८२ करोड रहेको थियो ।

विभिन्न कोरिडोर सडकको बजेट बढ्यो
मेची, कोशी, तमोर, तामाकोशी त्रिशूली, कालिगण्डकी, भेरी, कर्णाली र महाकाली कोरिडोर तथा राजमार्गको स्तरोन्नतिका लागि भने बजेट बढेर रू. ७ अर्ब १६ करोड विनियोजन भएको छ । यी आयोजनाका लागि चालू आवमा ५ अर्ब ६ करोड बजेट छुट्याइएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x