Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

एकोहोरो लकडाउनमा पुनर्विचार गर्न महासंघको आग्रह

एकोहोरो लकडाउनमा पुनर्विचार गर्न महासंघको आग्रह

काठमाडौं, १९ जेठ । कोरोना भाइरस संक्रमण फैलन नदिन गत चैत्र ११ गतेदेखि निरन्तर लकडाउन जारी रहेकोमा यसलाई अब पुनर्विचार गर्न नेपाल उद्योग वाणिज्य महासंघले आग्रह गरेको छ । ‘कोरोना भाइरस संक्रमण नियन्त्रणको कुनै निश्चत समय किटान गर्न गाह्रो भएकाले स्वास्थ्यसम्बन्धि अत्यावश्यक तयारीसहित लकडाउन खुकुलो बनाएर आर्थिक गतिविधि सञ्चालन गर्नुपर्छ,’ महासंघले भनेको छ, ‘आमजनजीवन र आर्थिक गतिविधि चलायनमान बनाउंदै गएको कुरालाई हामीले पनि मनन गर्नैपर्दछ । किनभने लकडाउनले समस्या स्थगनमात्र गर्न सक्दछ, समस्याको निदान गर्ने यो मात्र उपाय होइन भन्ने कुरा विश्वव्यापी अभ्यास समेतले स्पष्ट पार्दछ ।’
लकडाउनको अवधिमा स्वास्थ्य सुरक्षालाई मजवूद बनाउने, परिक्षणको दायरालाई फराकिलो बनाउंदै आर्थिक जनजीवन सामान्य बनाउने भन्दा पनि लकडाउन मात्र गरेर समय खेर फालिरहेको भन्दै निजी क्षेत्रले तत्काल पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको छ । लकडाउनको यो अवधिमा मुलुकले निकै ठूलो क्षति समेत व्यहोरेको र कूल गार्हस्थ गार्हस्थ उत्पादनमा करिव ४ प्रतिशतको नोक्सानी भैसकेको महासंघले जनाएको छ । ‘लाखौ मानिसहरु बेरोजगार भएका छन्, उद्योग व्यवसाय थला पर्न थालेका छन् र मानिसहरु को न्यूनतम बांच्ने आधार समेत कमजोर बन्दै छ,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस्तो विषम अवस्थामा लकडाउनको समयसिमा बढाउंदा सरोकारवालाहरु समेतको राय सल्लाह लिनु पर्नेमा त्यसो नगरी पुन जेष्ठ ३२ गतेसम्म अवधि थप गरिएको भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ ।
‘पुनः लकडाउनको अवधि बढाइदा मुलुकको अर्थतन्त्रसंग प्रत्यक्ष जोडिएका सरोकारवालाहरु संग पनि प्रत्यक्ष संवाद हुनुपर्दथ्यो भन्ने हाम्रो धारणा हो,’ महासंघले भनेको छ, ‘आम श्रमजीवी मजदूर, साना एवं मझौला व्यवसायी लगायत आम सर्वसाधारण नागरिकको जीवन निर्वाहसम्म गर्न नसक्ने अवस्थामा पुगेको यथार्थतालाई विश्लेषण गरी उद्योग व्यवसाय संचालनमा सहजता ल्याउन जरुरी छ ।’ जोखिमको तुलनात्मक स्थितिको यथार्थपरक आंकलन गर्न महासंघले आग्रह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x