Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

घट्दो बजारमा आइपीओ/एफपीओमा पनि छैन लगानीकर्ताको आकर्षण

घट्दो बजारमा आइपीओ/एफपीओमा पनि छैन लगानीकर्ताको आकर्षण

काठमाडौं, २२ माघ । शेयर बजार निरन्तर रुपमा घट्न थालेपछि त्यसको असर प्राथमिक शेयर निष्काशन (आइपीओ) र नयाँ निष्काशन(एफपीओ)मा समेत परेको छ । २०७२ सालको भुकम्प र भारतको अघोषित नाकाबन्दीपछि एकाएका उचालिएको शेयर बजार १८८० सम्म पुगेर घटेको थियो ।
नेपाल राष्ट्र बैंकको एकैपटक चुक्ता पुँजी चार गुणाले वृद्धि गर्नुपर्ने लगायतका कारणले एकाएक उचालिएको शेयर बजार प्रायः बैंकहरुले चुक्ता पुँजी पु¥याइसकेको एवम् यही समयमा बैंकहरुमा लगानीयोग्य पुँजी अभावका कारण बजार ओरालो लाग्न सहयोग पुगेको हो ।
केही समय अगाडिसम्म आइपीओ÷एफपीओमा खुलेको पहिलो दिन नै कैयौ गुणा बढी आवेदन पर्ने गरेकोमा पछिल्लो चोटी खुलेका केही आइपीओ÷एफपीओमा भने लगानीकर्ताको आकर्षण घट्न थालेको छ । हालै बुटवल पावरले ४ सय १ रुपियाँ प्रिमियम थप गरेर ५ सय १ रुपियाँमा निष्काशन गरेको २ अर्ब रुपियाँ बराबरको करिब ४० लाख कित्ताको आइपीओमा पहिलो ४ दिनमा १ अर्बको हाराहारीमा मात्र आवेदन परेको छ । हुन त पछिल्लो समय धितोपत्र बोर्डले ल्याएको नयाँ बाँडफाँड निर्देशिकाको पनि हरेक आवेदकलाई सम्भव भए सम्म १० कित्ता दिनैपर्ने प्रावधानले आइपीओ÷एफपीओमा धेरै रकमको आवेदन गर्ने प्रवृत्ति कम भएको छ ।
कुनै समय कुल मागको २ सय देखि ३ सय गुणासम्म पनि आवेदन माग हुने गरेको थियो । हालै निष्काशन भएको दुई वटा म्युचुएल फन्डमा पनि एकदमै कम मात्र आवेदन परेको छ ।
एनआइसी एशिया ग्रोथ फण्ड सामूहिक योजना र सिआइबिएल क्यापिटलको सिटिजन म्युचुअल फण्डको एकाइहरुमा पर्याप्त आवेदन नपरेपछि आबेदन दिने समय थप गरेको छ । दुवै क्यापिटलले पहिलो पटक म्युचुएल फन्ड निष्काशन गरेको हो । घट्दो बजारमा पछिल्लो समय निष्काशन गरेको म्युचुएल फन्डको दोस्रो बजारमा बिक्री मूल्य अंकित मूल्यभन्दा पनि घटेर कारोबार भएकाले पनि साधारण लगानीकर्ताको आकर्षण त्यसमा घट्न थालेको हो ।
विगतमा एफपीओ निष्काशन भएको शिखर इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक शेयर बजार बढिरहेको समयमा निष्काशन भएकाले पहिलो चार दिनमै माग भन्दा कैयौ गुणा बढी आवेदन परेको थियो । वर्तमान बुटवल पावरको सन्दर्भमा भने बजार घटिरहेको अवस्था पर्नु संजोग जस्तै देखिएको छ ।
प्राथमिक बजारसँगै चालु आर्थिक बर्ष लागेयता शेयर बजारमा व्याज दर, लगानी योग्य पूँजी अभावका कारण शेयर बजार घट्दै गएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्तिम महिना पुस लागेयता बजारमा थप दबाब परिरहेको छ। पुस महिनादेखि दोस्रो बजारमा सूचक र कारोबार रकम दुवै घटेका छन्।

 

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x