Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

नेपाल टेलिकमले क्रेडिट ब्यालेन्स सुविधा दिने, फोन गर्दागर्दै पैसा सकिए पनि फोन नकाटिने

नेपाल टेलिकमले क्रेडिट ब्यालेन्स सुविधा दिने, फोन गर्दागर्दै पैसा सकिए पनि फोन नकाटिने

काठमाडौं, २२ माघ । नेपाल टेलिकमले क्रेडिट ब्यालेन्स दिने योजना सार्वजनिक गरेको छ । टेलिकमले दिने उक्त क्रेडिट कुनै प्रकारको व्याज लाग्ने छैन । यस योजनाले प्रिपेड मोवाइलमा कुरा गर्दा गर्दै पैसा सकिएमा ऋण लिन पाइने छ । कम्पनीले १५ औं वार्षिकोत्सवको अवसरमा यो योजनाको घोषणा गरेको हो ।
नेपाल टेलिकमको प्रतिस्पर्धी कम्पनी एनसेलले यसअघि नै यस सेवाको शुरुवा गरेको भए पनि केही रकम कटाउने गरेको थियो । उक्त सेवाको संचारमन्त्री मोहनबहादुर बस्नेतले आज एक कार्यक्रमका बीच सुरुवात गरेका हुन् ।
कुरा गर्दा गर्दै फोनको व्यालेन्स सकिए पनि फोन काटिने छैन । पछि रिचार्ज गर्दा उक्त क्रेडिट बराबरको रकम काटिने टेलिकमले जानकारी दिएको छ ।
यस्तै टेलिकमले अन्तराष्ट्रिय आगमन कल प्राप्त गर्ने कम्पनीका ग्राहकलाई पनि बोनस दिने भएको छ । प्रत्येक ७ दिनमा ७ मिनेटभन्दा बढी कल प्राप्त भएमा आगामी माघ २५ गतेदेखि आगामी बैशाख २५ गतेसम्मको लागि यस्तो प्याकेज दिने भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x