जेठ २५ गतेसम्ममा सबै कर बुझाउनु पर्ने
काठमाडौं, २० जेठ । आन्तरिक राजस्व विभागले जेठ २५ गतेभित्र सबै कर बुझाउन निर्देशन दिएको छ। विभागले एक सूचना जारी गरि २५ गतेसम्म कर तथा कर विवरण नबुझाए जरिवाना तिर्नुपर्ने जनाएको छ।
लक डाउनका कारण सरकारले कर तिर्ने समयसीमा जेठ २५ गतेसम्म सारेको थियो । यद्यपि लकडाउन जेठ ३२ गतेसम्मका लागि यथावत छ ।
लकडाउनको बेला सरकारले कर बुझाउने समयलाई थप्नुपर्ने माग व्यवायीहरुको छ ।