Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कर तिर्ने समयावधि थप गर्न उद्योग वाणिज्य महासंघको माग

कर तिर्ने समयावधि थप गर्न उद्योग वाणिज्य महासंघको माग

काठमाडौं, २१ जेठ । नेपाल उद्योग वाणिज्य महासंघले कर तिर्ने अवधि असार मसान्तसम्म थप गर्न माग गरेको छ। महासंघले मंगलबार राजस्व सचिवलाई पत्र लेखि उक्त आग्रह गरेको हो।

महासंघले देशभरका प्रतिनिधि संस्था र जिम्मेवार पधादिकारीबाट कर विवरण र कर रकम हाल बुझाउन असमर्थ रहेको बताएको छ । त्यस्तै महासंघले आयकर, मूल्य अभिवृद्धि कर र अन्तः शुल्कको विवरण र कर बुझाउने म्याद २०७७ असार मसान्तसम्म थप गर्न माग गरेको हो।

अहिले लकडाउनका कारण अत्यावश्यक बाहेक अन्य सबै प्रकारका उद्योगहरु बन्द छन। अहिले आर्थिक कारोबार मात्र बन्द नभई उत्पादन, वितरण लगायतका आपूर्ति प्रणाली समेत कठिन अवस्थाबाट गुज्रिरहेको महासंघको भनाइ छ।

यस्तो अवस्थामा व्यवसायीहरु कर तिर्न असमर्थ रहेको भन्दै सबै उद्यमी व्यवसायीको मनोबल उच्च राख्न उपयुक्त औद्योगिक एवम् व्यवसायीक वातावरण निर्माणमा सहयोग गर्न आग्रह गरेको छ।

आन्तरिक राजस्व विभागले मंगलबार नै एक सूचना जारी गर्दै जेठ २५ गतेसम्ममा कर विवरण र कर रकम बुझाउन भनेको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x