Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नेपाल हस्तकला महासंघको धारणा सार्वजनिक, बजेटका सकारात्मक व्यवस्था कार्यान्वयन हुने विश्वास

नेपाल हस्तकला महासंघको धारणा सार्वजनिक, बजेटका सकारात्मक व्यवस्था कार्यान्वयन हुने विश्वास

काठमाडौं, २१ जेठ । नेपाल हस्तकला महासंघले आगामी आर्थिक वर्ष २०७७/७८ माथि आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले आगामी बजेटका कतिपय व्यवस्था सकारात्मक हुँदा हुँदै निर्यात प्रवद्र्धनका प्याकेज कार्यक्रम भने आउन नसकेको टिप्पणी गरेको छ ।

कोभिड १९ बाट प्रभावित हस्तकला उद्योग व्यवसायलाई पूर्ववत् अवस्थामा लैजान नेपाल सरकारले चाल्नु पर्ने अल्पकालिन, मध्यकालिन र दीर्घकालिन कदमहरुको सम्बन्धमा महासंघले दिएका केहि सुझावहरुलाई नेपाल सरकारले ग्रहण गरी हस्तकला उद्योग व्यवसायलाई संरक्षण गर्न बजेटमा केही सकारात्मक व्यवस्था गरिएको पाइएको विज्ञप्तिमा भनिएको छ । ‘तर आयात प्रतिस्थापनमा सघाउ पु¥याउने हस्तकलाका वस्तुको अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रवद्र्धन गर्ने ठोस कार्यक्रम बजेटमा आउन सकेन,’ महासंघले भनेको छ ।

महासंघको पैरबीको दौरान बिशेष रुपमा सरकारका नीति ठुला र मझौला उद्योगमा मात्र केन्द्रित भएको प्रति नेपाल सरकारको ध्यानाकर्षण गरे अनुरुप बजेटमा हस्तकला क्षेत्रका घरेलु तथा साना उद्योगलाई केन्द्रित गरी घरेलु तथा साना उद्योग स्थापनामा जोड दिइनु सकारात्मक रहेको भन्दै महासंघले नेपाली हस्तकला क्षेत्रको दीर्घकालिन विकासको लागि नेपाल हस्तकला महासंघले तयार गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गरेको हस्तकला नीति कार्यन्वयनमा ल्याउनुपर्ने सुझावप्रति पनि बजेट मौन रहेको बताएको छ ।

विगतका बजेटमा आएका यस क्षेत्रसंग सम्बन्धित विषयवस्तु र प्रतिबद्धता कार्यान्वयन नभएको तितो यथार्थ रहेकोले यस वर्षको बजेटले संबोधन गरेका नीति तथा कार्यक्रमहरु पूर्ण रुपमा सफलतापूर्वक कार्यान्वयन हुने महासंघले विश्वास लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x