Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

विदेशमा अलपत्र कामदार आजदेखि फर्काइँदै

विदेशमा अलपत्र कामदार आजदेखि फर्काइँदै

काठमाडौं, २३ जेठ । कोरोना भाइरस महामारीपछि विदेशमा रोजगारी गुमाएर अलपत्र परेका तथा अन्य कामविशेषले विदेशमा अड्कीएकाहरुलाई सरकारले शुक्रबारदेखि फर्काउन शुरु गर्ने भएको छ ।

सम्बन्धित देशमा रहेका नेपाली कुटनीतिक नियोगसँगको समन्वयमा संकलन गरिएको तथ्यांकमा आधारित रहेर अत्यन्त अप्ठेरो अवस्थामा रहेका २५ हजार कामदारलाई पहिलो चरणमा फर्काउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार शुक्रबार संयुक्त अरब इमिरेट्स र बर्माका कामदार स्वदेश आउन पाउने छन् ।

युएईले लकडाउन लगत्तैदेखि आफ्नै खर्चमा विमान चार्टर्ड गरी नेपालीहरुलाई फिर्ता पठाउन अनुमति मागिरहेको थियो । नेपाल सरकारले पठाउने विमानमा नेपाल आउनेहरुले भने जहाजको भाडा आफैंले तिर्नुपर्ने भएको छ । कोरोना भाइरसको संक्रमण लम्बिने अनुमानका आधारमा सरकारले रोजगारी गुमाएर अलपत्र परेका कामदार फर्काउन लागेको हो । यसअघि आन्तरिक तथा बाह्यरुपमा अलपत्र कामदार फर्काउन ठूलो दबाब परे पनि सरकारले प्रक्रिया शुरु गर्न आनाकानी गरिरहेको थियो ।

सर्वोच्च अदालत, संघीय संसदका अधिकांश समितिले अलपत्र कामदार फर्काउन सरकारलाई दवाव दिइरहेका थिए । विदेशबाट फर्काइएका कामदारलाई विमानस्थलबाटै स्लट अनुसार विभिन्न प्रदेशमा विभाजन गरी उनीहरुलाई विमानस्थलबाट सीधैं स्थानीय निकायको जिम्मामा पठाइने संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईले जानकारी दिए । यसका लागि विमानस्थलमा प्रदेश अनुसारका ७ ओटा क्लष्टर विभाजन गरिएको छ ।

प्रदेश १ का कामदारलाई भक्तपुरको सूर्यविनायकस्थित इम्पेरिअल बैन्क्वेट र प्रदेश २ का कामदारलाई मध्यपुरठिमीस्थित होटल हेरिटेज पार्टी प्यालेसमा राखिने छ । वागमती, गण्डकी र प्रदेश नं ५ का कामदारलाई धुम्बाराहीको स्काइजोन पार्टी प्यालेस, चप्पल कारखानाको कुण्डलिनी दरबार बैन्क्वेट र बसुन्धराको यति इभेन्ट्समा राख्ने सरकारको तयारी छ । कर्णाली र सूदुरपश्चिम प्रदेशकालाई ललितपुरस्थित धोविघाटको सिद्धार्थ कटेज, मानभवनको डिलाइट पार्टी भेन्यु र ग्वार्कोको मण्डला पार्टी प्यालेसमा राख्ने व्यवस्था गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x