Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

विदेशबाट भित्रिन थाले नेपाली : म्यान्मारबाट २६ जना आइपुगे, यूएईबाट १६८ जना आउँदै

विदेशबाट भित्रिन थाले नेपाली :  म्यान्मारबाट २६ जना आइपुगे, यूएईबाट १६८ जना आउँदै

काठमाडौँ, २३ जेठ । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया शुरु गरेको छ । सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपालीलाई फर्काउन थालेको हो । सोही प्रक्रियाअन्तर्गत म्यान्मारबाट २६ नेपाली आज बिहान ११ बजे काठमाडौँ आइपुगेका छन् । यस्तै दोस्रो चरणमा संयुक्त अरब इमिरेट्सबाट नेपाली ल्याइँदैछ । त्यहाँबाट आउने १६८ नेपाली तयारी अवस्थामा रहेका छन् । प्रक्रिया पूरा भए आज अपराह्न ल्याउने कार्यक्रम छ ।
म्यान्मार सेनाको एयरफोर्सको फोकर–६० को फ्लाइट नम्बर एमएएच–००३ बाट २६ नेपालीलाई ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक तथा प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिएको राससमा उल्लेख छ । उनीहरुलाई काठमाडौँको वसुन्धरास्थित यती पार्टी प्यालेसमा राखिनेछ । उक्त विमानबाट ४३ जना म्यान्मा जाँदै छन् । त्यसमा दुई नेपालीसमेत छन् ।
विदेशबाट उद्धार गरेर ल्याइएका नागरिकलाई उपत्यकामा तयार पारिएको जगेडासहित नौ ‘होल्डिङ सेन्टर’ मा राखिनेछ । उनीहरुलाई विमानस्थलबाट सोझै होल्डिङ सेन्टर पु¥याइने छ । त्यसको व्यवस्थापनको जिम्मा भने नेपाली सेनालाई दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x