Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एक दिन रोकिएको कोरोना बीमा पुन: सुरु

एक दिन रोकिएको कोरोना बीमा पुन: सुरु

काठमाडौं, २३ जेठ । कोरोना बीमा पुन सुरु हुने भएको छ। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि दायित्व बहनमा समस्या पर्ने भन्दै कम्पनीहरुले हिजोदेखि कोरोना बीमा स्थागित गर्ने निर्णय गरेका थिए ।

तर जोखिम बहनमा सरकारले पनि साथ दिने भएपछि आजबाट पुन सुरु भएको जानकारी दिइएको छ। अव दावी भुक्तानीमा सरकारले सहयोग गर्ने छ भने नेपाल पुनर्बीमा कम्पनीले पुनर्बीमा गर्नेछ ।

आगामी दिनमा पुरानै मोडलमा कोरोना बीमा सुरु हुने जनाइएको छ।

बीमा समितिले गत बैशाखको पहिलो साताबाट नीर्जिवन बीमा कम्पनीहरु मार्फत कोरोना बीमा सुरु गरेको थियो । एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोरोना बिमा गर्न सकिने व्यवस्था छ र परिवारको बीमा गर्नुपरेमा एक लाख रुपैयाँको लागि प्रति सदस्य छ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ शूल्क तिर्नुपर्ने छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x