Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सौराह फुड फेस्टिभलको तयारी तीब्र

काठमाडौं, २३ माघ । १२औं संस्करणको सौराहा फुड फेस्टिभलमा पोखरेलीहरुलाई निम्तो बाड्न रेवान सौराहको टोली पोखरा आएको छ । टोलीले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी महोत्सवमा आउन पोखरेलीहरुलाई निमन्त्रणा गरेको हो ।

प्रणय दिवसको अवसरमा हरेक वर्षजस्तै यो वर्ष पनि यही माघ २८ देखि फागुन ३ गतेसम्म सौराहाको सिसवार खेलमैदानमा फेस्टिभल गरिन लागेको क्षेत्रीय रेवान सौराहाका अध्यक्ष गोर्कण गिरीले बताए ।‘प्राकृतिक सौन्दर्यता चितवन सौराहाको विशेषता’ भन्ने नारासहित पाँच दिनसम्म चल्ने फेस्टिभलमा स्वेदशी तथा विदेशी विभिन्न खानाका स्वादमा साँस्कृतिक प्रस्तुतिमा रमाउन सकिने रेवान सौराहाका प्रथम उपाध्यक्ष दीपेन्द्र खतिवडाले उल्लेख गरे ।

सौराहा र यस क्षेत्रको वरिपरि ओझेलमा परेका कला, संस्कृति र रहनसहनको प्रचारसँगै विदेशीमाँझ नेपाली कला–संस्कृति चिनाउनु महोत्वसवको मुख्य उद्देश्य रहेको सौराहा रेवानका निर्वतमान अध्यक्ष लालबहादुर भट्टले बताए । फेस्टिभलको टिकट बिक्रीबाट आएको आम्दानीमध्ये केही प्रतिशत सामाजिक काम र खेलमैदान व्यवस्थापनमा खर्च गरिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x