Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

भारतले ५६ विद्यालय पुनर्निर्माण गर्ने

भारतले ५६ विद्यालय पुनर्निर्माण गर्ने

काठमाडौं, २७ जेठ । नेपालका गोरखा, नुवाकोट, धादिङ्, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनःनिर्माणका लागि भारतीय र शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले ७ वटा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नेपालमा भूकम्प पश्चातको पुनर्निर्माण कार्यक्रम अन्तर्गत भारत सरकारको २ अर्ब ९५ करोड रुपैयाँ सहयोगमा यी विद्यालयहरुको पुनःनिर्माण गरिनेछ ।

भूकम्प प्रतिरोधी क्षमताको लागि यी विद्यालयहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप पुनःनिर्माण हुने बताइएको छ । विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधाका साथै भूकम्प प्रतिरोधी संरचना पुनर्निर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीको प्राविधिक सहयोगमा निर्माण हुनेछ ।

भूकम्प पश्चातको पुनर्निर्माण परियोजनामा भारतीय सहयोग अन्तर्गत यी विद्यालय पुनर्निर्माण हुन लागेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x