Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कोभिड–१९ ले विश्व अर्थतन्त्र दोस्रो विश्वयुद्धपछिकै महामन्दीमा

कोभिड–१९ ले विश्व अर्थतन्त्र दोस्रो विश्वयुद्धपछिकै महामन्दीमा

काठमाडौं, २७ जेठ । कोरोना भाइरस महामारी (कोभिड–१९) का कारण विश्व अर्थतन्त्र दोस्रो विश्वयुद्धपछिकै खराब अवस्थामा प्रवेश गरेको छ । विश्वव्यापी आर्थिक परिदृश्य सार्वजनिक गर्दै विश्व बैंकले विश्वका सबै क्षेत्रमा प्रतिव्यक्ति आयमा कमी आउने उल्लेख गरेको छ । विश्व बैंकका अध्यक्ष डेभिड मालपासले विश्वका ६ करोड जनसंख्या गरिबीको रेखामुनि धकेलिने उल्लेख गरेका छन् । विद्यमान गरिबीमाथि थप ६ करोड गरिबको संख्या थपिने भएपछि विश्वभर गरिबी निवारण निकै चुनौतीपूर्ण हुने विश्व बैंकले जानएको छ ।
तीव्र र व्यापक धक्काका कारण कोरोना भाइरस महामारी नियन्त्रणका लागि बन्दाबन्दीका उपाय अबलम्बन गर्नुपर्दा विश्व अर्थतन्त्र नै जटिल संकुचनबाट गुज्रिरहेको विश्व बैंकले उल्लेख गरेको छ ।विश्व बैंकले विश्व अर्थतन्त्र ५.२ प्रतिशतले संकुचन आउने अनुमान गरेको छ । गत अप्रिलमा अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा ३ प्रतिशतको संकुचन आउने अनुमान सार्वजनिक गरेको थियो । विश्व अर्थतन्त्रमा यो तहको संकुचन सन् १९४५ को दोस्रो विश्वयुद्धपछिकै महामन्दीको अवस्था रहेको भन्दै विश्व बैंकले ठूला अर्थतन्त्रहरुले प्रतिव्यक्ति उत्पादनमा सन् १८७० पछिकै कमजोर प्रतिव्यक्ति उत्पादनको सामना गरिरहेको उल्लेख गरेको छ ।

विकसित अर्थतन्त्रहरु भने झण्डै ७ प्रतिशतले खुम्चने अनुमान छ । आन्तरिक माग, आपूर्ति, व्यापार, वित्त लगायतका सबै क्षेत्रहरु नराम्ररी प्रभावित भएका छन् । उदयमान अर्थतन्त्र र विकाशशील राष्ट्रहरु २.५ प्रतिशतले संकुचित हुनेछन् । विकासशील राष्टहरुका अर्थतन्त्रमा ६० वर्ष अर्थात् ६ दशकपछि संकुचन देखिएको हो । ती मुलुकहरुमा प्रतिव्यक्ति आय ३.६ प्रतिशतले कमी आउने अनुमान गरिएको छ । जसका कारण दशौं लाख मानिसहरु गरिबीको रेखामुनि धकेलिनेछन् ।

यो व्यवधानले महामारी व्यापक फैलिएका राष्ट्रहरुसँग व्यापार, पर्यटन, निर्यात तथा बाह्य लगानीका लागि निर्भरता रहेका देशहरुलाई अझै प्रभावित बनाएको छ । तर क्षतिको परिणम भने विभिन्न क्षेत्रहरुमा फरक–फरक छ । सबै उदयमान राष्ट्र र विकासशील अर्थतन्त्रहरुमा बाह्य धक्काका कारण जोखिम बढेको हो । यसका अतिरिक्त, प्राथमिक शिक्षा र स्वास्थ्य हेरचाहमा परेको प्रभावले मानव पुँजी विकासलाई समेत शिथिल तुल्याइदिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x