Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

कोरोना विरुद्ध प्रतिरोध क्षमता बढाउने आर्युर्वेदिक उत्पादन बजारमा

कोरोना विरुद्ध प्रतिरोध क्षमता बढाउने आर्युर्वेदिक उत्पादन बजारमा

काठमाडौं, २७ जेठ । कोरोना भाइर विरुद्ध लड्न शरिरमा रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक जुस तथा ट्यावलेट नपाली बजारमा आएको छ । शाहीराम फुड्स प्रालीले गिलोय तुलसी जुस र गिलोय तुलसी ट्याब्लेट बजारमा बिक्री सुरु गरेको जानकारी दिएको ।छ

आयुर्वेदिक जडिबुटी गिलोयलाई नेपालमा गुर्जो नाम ले चिनिन्छ । परापुर्व कालदेखि पुर्खाहरुले शरीरमा कमजोरी हुदा गुर्जोको झोल पिउदै आएका छन् । भारतिय योग गुरु वावा रामदेवका साथै आयुर्वेदिक ज्ञाताहरुले कोरोनाबाट बच्नका लागि गुर्जोको झोल सेवन लाभदायक हुने बताउदै आएका छन् ।
यहि सर्वगुणकारी गिलोय (गुर्जो( का साथै तुलसी, वासा, त्रिकटु प्रवाही, हरिद्रा, आद्रकलगायत अमूल्य नेपाली जडीबुटीलाई शाहीराम फुड्स प्रालीले जुस र ट्याबलेटका रुपमा बजारमा ल्याएको शाहीराम फुड्सका प्रमुख कार्यकारी अधिृकत राम बहादुर शाहीले जानकारी दिए ।

गिलोयो तुलसी जुस र गिलोयो तुलसी ट्याबलेटको नियमित प्रयोग गरेपछि शरिरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने शाहीले बताए । ‘आयुर्वेदिक डाक्टरहरुको खोज, अध्ययन, अनुसन्धानबाट गिलोयोको प्रयोगले शरिरमा रोक प्रतिरोधी क्षमता बढाउने र कोरोना विरुद्ध लड्न सकिने पुष्टी भएको छ’ उनले भने, ‘हाम्रा प्रोडक्टले रोग प्रतिरोधी क्षमता अभिबृद्धि गर्न र मानिसहरुलाई कोरोनाको त्रास कम गर्दै सामान्य जीवनमा फर्कन सहयोग गर्ने विश्वास लिएका छौ’ । कम्पनीका उत्पादनहरु आइएसओ र जीएमपी प्रमाणीकरण र डिडिएबाट पनि स्वीकृत छ ।

नेपाली जडिबुटीको प्रयोगबाट निर्मीत आर्युवेदिक उत्पादन बच्चादेखि बृद्धसम्म सबैले प्रयोग गर्न सक्ने र कुनै साईट इफक्ट नभएको कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x