Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

निगमलाई व्यावसायिक तथा प्रतिस्पर्धी बनाउन दुई विकल्प अघि बढाइँदै

निगमलाई व्यावसायिक तथा प्रतिस्पर्धी बनाउन दुई विकल्प अघि बढाइँदै

काठमाडौं, २७ जेठ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को दिगो सुधारका लागि रणनीतिक साझेदार भित्र्याउने वा सार्वजनिक कम्पनीमा रूपान्तरण गर्ने भन्ने दुई विकल्पमा सरकारले गृहकार्य थालेको छ । निगमलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन यसको व्यावसायिक क्षमता बढाउने तथा खर्च कटौतीको रणनीतिलाई सँगसँगै लैजाने पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन् ।
मन्त्री भट्टराईले पर्यटन मन्त्रालय सम्हालेपछि निगमके दीर्घकालीन सुधारका लागि गठित कार्यदलले निगममा रणनीतिक साझेदारी भित्र्याउने वा सार्वजनिक कम्पनीमा लैजानुपर्ने सुझाव दिएको थियो । आगामी आव २०७७÷७८ को विनियोजन विधेयकमाथि संसद्मा सोमवार भएको छलफलका क्रममा सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले कोरोना महामारीबाट सबैभन्दा बढी प्रभाव पर्यटन मन्त्रालय अन्तर्गतकै काममा परेकोले अपेक्षित काम गर्न नसकिएको बताए । विषम परिस्थितिकै कारण सीमित रूपमा बजेट बनेकाले सबै विषय समेट्न नसकिएको उनको भनाइ छ ।
पर्यटन क्षेत्रको विकासका लागि आगामी आवको बजेट कम भए पनि यो क्षेत्र दिगो विकासमा अघि बढेको मन्त्री भट्टराईले बताए । गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल, भैरहवा र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थललाई उच्च महत्वका साथ आवश्यक बजेट विनियोजन गरिएको र आगामी आवमा यी विमानस्थलको निर्माण सम्पन्न भएर सञ्चालनमा ल्याइने दाबी उनले गरे । यसैगरी निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण शुरू गरिने जानकारी उनले दिए । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई पूर्णतः बुटिक विमानस्थलमा रूपान्तरण गरेर २४सै घण्टा सञ्चालन गर्ने र विराटनगर, भरतपुर, सुर्खेत, नेपालगञ्ज तथा धनगढी विमानस्थलको स्तरोन्नति गर्ने कार्यक्रम रहेको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x