Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित

आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित

काठमाडौं, २८ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ल्याएको बजेट बुधवार प्रतिनिधिसभाबाट पास भएको छ । मन्त्री खतिवडाले बुधवार बजेट पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो । संघीय संसद्को संयुक्त बैठकमा गत जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ करोड ६४ करोडको बजेट प्रस्तुत गरेका थिए ।
बजेटको पक्षमा सत्तारूढ नेकपा सांसदले मात्र मत दिएका छन् । कांग्रेस, समाजवादी र राजपाले बजेटको विपक्षमा मतदान गरेका थिए । बजेटको विभिन्न मन्त्रालयत शीर्षकमाथि सांसदहरूले २६ ओटा खर्च कटौती प्रस्ताव गरेका थिए । सबै प्रस्ताव निर्णयका लागि सदनमा प्रस्तुत गरिए पनि बहुमतले अस्वीकृत भएका छन् ।
बजेट राष्ट्रियसभाले पनि पारित गर्नुपर्ने हुन्छ । प्रतिननिधिसभामा जस्तै राष्ट्रियसभामा मन्त्रालयगत शीर्षकमाथि छलफल हुने र सम्बन्धित मन्त्रीले जवाफ दिएपछि बजेट पारित हुने व्यवस्था छ । संघीय संसद्का दुवै सदनबाट पारित भएपछि मात्र आगामी आर्थिक वर्षदेखि बजेट खर्च गर्ने बाटो खुल्नेछ ।
सरकारले आगामी आर्थिक वर्षमा चालु खर्च ९ खर्ब ४८ अर्ब, पूँजीगत खर्च ३ खर्ब ५२ अर्ब र वित्तीय व्यवस्था खर्च बापत २ खर्ब ७२ अर्ब छुट्याएको छ । सरकारले बजेटको स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब, वैदेशिक अनुदानबाट ६० अर्ब, बाह्य ऋण २ खर्ब ९९ अर्ब र आन्तरिक ऋण २ खर्ब २५ अर्ब लिने तयारी गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x