Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

म पनि विद्युतीय गाडि कुदाउँनुपर्छ भन्नेमा सहमत होः अर्थमन्त्री खतिवडा

म पनि विद्युतीय गाडि कुदाउँनुपर्छ भन्नेमा सहमत होः अर्थमन्त्री खतिवडा

काठमाडौं, २८ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले आफू पनि पेट्रोलियम पदार्थबाट गुड्ने गाडि विस्थापन गर्ने पक्षमा रहेको बताएका छन् । संसद्ले बुधबारको प्रतिनिधि सभाको बैठकमा विद्युतीय गाडिमा भन्सार बढाउँने करको विषयमा सूचना चुहावट भएको भन्दै प्रश्न उठाएपछि त्यसको जबाफमा मन्त्री खतिवडाले यस्तो बताएका हुन् । ‘विद्युतीय गाडिको महसुलको बारेमा म पनि सैद्धान्तिक रुपमा सहमत हो ।’ उनले भने ‘हामी विद्युतीय गाडि गुडाउँनु पर्छ । पेट्रोलियम पदार्थको भन्दा कम मुल्यमा विद्युतीय गाडि कुदाउँनु पर्छ भन्नेमा हामी पनि सहमत हो ।’

त्यस्तै काठमाडौ उपत्यकामा विद्युतिय सार्वजनिक सवारी चलाउने हो भने थप छलफल गर्न आवश्यक रहेको मन्त्री खतिवडाले बताए । त्यसका लागि सडकको ब्यारिङ क्यापारिटी, ट्राफिक जाम हुने स्थिति र काठमाडौंको जनघनत्वलाई पनि ख्याल गर्नुपर्ने उनको भनाई छ । अहिले विद्युतीय गाडि नचलेको उनले बताए । ‘हाम्रो सडक ब्यारिङ क्यापासिटी, ट्राफिक जाम हुने स्थिति र काठमाडौंको जनघनत्व स्थिति यी सबै कुरा हेर्दा हामी सबै निजी गाडि काठमाडौंमा चलाउँने हो ।’ उनले भने ‘विद्युतीय गाडि अहिले कहाँ चलिरहेको छ ? यो पनि छलफल गरौंन ।’
त्यसैगरी विद्युतीय गाडि ल्याई पोलुसन कम गरेर हुन्छ वा सार्वजनिक यातायातलाई विस्तार गरेर हुन्छ त्यता तिर छलफल गर्नुपर्ने वौद्धिक तथा रणनीतिक विषय रहेको मन्त्री खतिवडाको भनाई छ ।

काठमाडौं उपत्यकामा सार्वजनिक यातायात प्राधिकरण बन्ने र त्यसको ऐनबाट निष्कर्षमा जान पनि संसदलाई मन्त्री खतिवडाको अनुरोध छ । भन्सारका दर अपरिवर्तनीय नरहेको पनि उनले स्पष्ट पारे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x