हाम्रो विकास बैंकको लाभांश घोषणा

काठमाडौं, २३ माघ । हाम्रो विकास बैंकले शेयरधनीहरुलाई ७.३ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । माघ २२ गते बसेको बैंकको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

यस्तै बैंकले बोनस शेयर सहित कर प्रयोजनका लागि १७ लाख ७८ हजार १६२.४९ रुपैयाँ नगद लाभांश दिने समेत जनाएको छ । बैंकले शेयरधनीहरुलाई लाभांश दिने निर्णय सुचना नेपाल स्टक एक्सचेन्जलाई गराएको छ ।

बैंकले प्रस्ताव गरेको सो लाभांशको स्विकृति नेपाल राष्ट्र बैंकले दिए पछि बैंकको आगामी वार्षिक साधारण सभाले प्रस्तावित लाभांशलाई पारित गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *