सुन तोलाको ५७ हजार आठ सय

काठमाडौं, २३ माघ । स्थानिय बजारमा मंगलबार सुनको मुल्यमा वृद्धि भएको छ । आइतबार र सोमबार स्थिर रहेको सुनको मुल्य मंगलबार बढेको हो ।

मंगलबार सुनको मुल्य प्रति तोला ६ सय रुपैयाँले बढेर तोलाको ५७ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार र सोमबार सुनको प्रति तोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै मंगलबार तेजाबी सुनको मुल्य प्रति तोला ५७ हजार पाँच सय रुपैयाँ र चाँदी प्रति तोलाको मुल्य ७५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *