Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

विभागद्वारा फर्म दर्ता र नवीकरण पुनः सञ्चालन

विभागद्वारा फर्म दर्ता र नवीकरण पुनः सञ्चालन

काठमाडौं, १ असार । लकडाउन अवधिमा रोकिएका फर्म दर्ता तथा नवीकरणलगायत काम सोमवारदेखि पुनः सञ्चालन भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फर्महरुको दर्ता, नवीकरण, संशोधन, नामसारी, खारेजी जस्ता अवरुद्ध सेवाका लागि विभागको ईमेलमा आवश्यक कागजात पठाउन व्यवसायीलाई आग्रह गरेको छ । आवश्यक कागजात इमेल गरेपछि विभागले सबै प्रक्रिया पुगेका व्यवसायीलाई सम्पर्क गर्ने बताइएको राससमा उल्लेख छ ।
साना कामका लागि कार्यालयमा आउन नपर्ने वातावरण सिर्जना गरिएको विभागले बताएको छ । व्यवसाय दर्तालगायत विभागबाट प्रवाह हुने सम्पूर्ण सेवाका लागि आवश्यक कागजपत्र मेल गरेपछि विभागले व्यवसायीलाई सबै कागजपत्र लिएर आउन आग्रह गर्ने उल्लेख छ ।
विभागका अनुसार सोमवारदेखि कार्यालय सञ्चालन गरेर विभागअन्तर्गत रहेका शाखाहरु विभिन्न दिनमा खुला हुने गरी कामको बाँडफाँट गरिएको छ । विभागले आइतबार, मङ्गलबार र शुक्रबार रु ६० लाखभन्दा कम पूँजी भएका प्राइभेट फर्म नवीकरण, संशोधन, प्रतिलिपि र खारेजी, सोमबार प्राइभेट फर्म नयाँ दर्ता, बुधबार रु ६० लाखभन्दा माथि पूँजी भएका प्राइभेट फर्म नवीकरण, संशोधन, प्रतिलिपि र खारेजी र कम्पनीको व्यापार अनुमति दिने काम हुने बताएको छ । यसैगरी बिहीबार साझेदारी फर्म दर्ता, नवीकरण, संशोधन, प्रतिलिपि र खारेजी, एजेन्सी दर्ता÷नवीकरण संशोधनलगायत सेवा प्रवाह हुने उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x