Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

परिसंघद्वारा उपप्रधानमन्त्री पोखरेलसमक्ष सुझाव प्रस्तुत

परिसंघद्वारा उपप्रधानमन्त्री पोखरेलसमक्ष सुझाव प्रस्तुत

काठमाडौं, १ असार । नेपाल उद्योग परिसंघका अध्यक्ष सहितको प्रतिनिधि मण्डलले जेष्ठ ३० गते उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई समसामयिक विषयमा आफ्ना सुझाव पेश गरेको छ । परिसंघले उपप्रम पोखरेलसँग भेट गरी आर्थिक क्षेत्र चलायमान बनाउन, लगानी आकर्षित गर्न विद्यमान कानूनी व्यवस्थाहरूलाई सुधार्दै सरकारको तर्फबाट छिटो छरितो ढंगले लगानीको वातावरण बनाउन सुझाव बुझाएको हो ।
‘कोभिड १९ बाट सृजना भएको लगातारको लकडाउनका कारण एकातिर अधिकांश उद्योग व्यवसाय सञ्चालनमा कठिनाई भइरहेको र आर्थिक गतिविधि समेत प्रभावित भइरहेको परिप्रेक्ष्यमा मुलुकले ठूलो आर्थिक नोक्सानी व्यहार्नु परिरहेको छ भने अर्कोतिर यस्तो विषम परिस्थितिमा सरकारको तर्फबाट रोजगारीका क्षेत्र पहिचान र विस्तार गरी ठूलो मात्रमा रोजगारी सृजना गर्नु पर्ने टड्कारो आवश्यकता रहेको छ,’ परिसंघल बुझाएको सुझावमा भनिएको छ ।’ यस्तै देशमा सृजना हुने वेरोजगारीको अवस्थालाई मध्यनजर गरी औद्योगिक वातावरण तयार गर्न, उद्योग व्यवसाय विस्तार गर्न, स्वदेशी लगानीकर्तालाई उत्साहित गर्न र विदेशी लगानी भिœयाउन सघाउ पु¥याउने उद्देश्यले आर्थिक, उद्योग–व्यवसाय सम्बन्धी विद्यमान कानुनमा रहेका झन्झटिला र असहज व्यवस्थाहरुलाई संशोधन÷खारेज÷निलम्बन गरी लगानीको वातावरण सृजना गर्नुपर्ने धारणा परिसंघलेउपप्रधानमन्त्री समक्ष प्रस्तुत गरेको छ ।

त्यसैगरी औद्योगिक वातावरण सृजना गर्नको लागि उद्योग दर्ता प्रकृयामा विद्यमान अवस्थामा रहेको झन्झटिलो प्रकृया हटाई उद्योग विभागबाट तीन दिन भित्रमा स्वीकृतिको प्रकृया सकिनु पर्ने प्रवाधानको सुझाव प्रस्तुत गरेको छ भने लगानी बोर्डबाट गरिनु पर्ने सम्पूर्ण निर्णय १५ दिन भित्रमा गसिक्नुपर्ने प्रावधान सहितको सुझाव उपप्रधानमन्त्री समक्ष प्रस्तुत गरेको छ ।
त्यसैगरी आन्तरिक पूँजिलाई प्रोत्साहन गर्नको लागि कम्तिमा पाँच वर्षको समय तोकी महिला तथा वालवालिकाको नाममा बैंकमा जम्मा हुने रू. १५ लाख सम्मको निक्षेप सहज माध्यमबाट बैंकसम्म ल्याउने व्यवस्था मिलाउनु पर्ने, सरकारले विशेष प्रकारको दीर्घकालीन बोण्ड जारी गर्ने र सो बोण्डमा गरिने लगानीलाई सहज गरिनुपर्ने, सो बोण्ड विदेशीले समेत खरीद गर्न पाउने व्यवस्था गरिनुपर्ने सुझाव परिसंघको छ । उच्चस्तरीय समितिका संयोजक एवं उपप्रधानमन्त्रीले वर्तमान अवस्थामा औद्योगिक वातावरण तयार गरी रोजगारीका क्षेत्रहरू सृजना गर्न विद्यमान ऐन कानूनमा तत्काल सुधारका उपायबारे सुझाव दिन परिसंघलाई आग्रह गरे बमोजिम परिसंघका अध्यक्ष सतीशकुमार मोरले सोमवार सिंहदरवारमा भेट गरी उक्त सुझावहरु प्रस्तुत गरेका हुन् ।
उपप्रधानमन्त्री पोखरेलले परिसंघको सुझावलाई सकारात्मक रूपमा लिई छलफलको माध्यमबाट कार्यान्वयमा जाने आश्वासन दिएका छन् । उक्त अवसरमा परिसंघको तर्फबाट उपाध्यक्ष विरेन्द्रराज पाण्डेको उपस्थिति थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x