Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राष्ट्रिय भुक्तानी बोर्ड गठन गर्दै राष्ट्र बैंक

राष्ट्रिय भुक्तानी बोर्ड गठन गर्दै राष्ट्र बैंक

काठमाडौं, २ असार । डिजिटल माध्यमबाट हुने लगायत भुक्तानी प्रणाली नियमन एवं व्यवस्थित गर्न राष्ट्र बैंकले राष्ट्रिय भुक्तानी बोर्ड गठन गर्ने भएको छ । सञ्चालनमा डिजिटल भुक्तानी सेवा प्रदायकको नियमनका लागि भुक्तानी बोर्ड गठन गर्न लागिएको हो । केन्द्रीय बैंकले भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७ जारी गर्दै बोर्ड गठनको तयारी गरेको छ ।
राष्ट्रिय भुक्तानी स्विच र पेमेन्ट गेटवे जस्ता पूर्वाधारको स्थापना गरी सञ्चालनको व्यवस्था बोर्डले मिलाउनेछ । सार्क पेमेण्ट काउन्सिल र अन्य राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चहरूसँग भुक्तानी प्रणाली सम्बन्धमा भए गरेका सम्झौताको कार्यान्वयन, डिजिटल भुक्तानीको प्रवद्र्धन र विद्युतीय माध्यमबाट कारोबार गर्ने प्रणाली विकास गरी अर्थतन्त्रमा नगद कारोबार न्यूनीकरणका लागि बोर्डको भूमिका रहने राष्ट्र बैंक भुक्तानी व्यवस्थापन विभागले बताएको छ ।
भुक्तानी सम्बन्धी सेवा दिने संस्थाले ग्राहकसँग लिने शुल्कको सम्बन्धमा प्रत्येक ६ महीनामा र शुल्क परिवर्तन हुँदाको समयमा डिजिटल र अन्य माध्यमबाट सार्वजनिक सूचना जारी गर्नुपर्नेछ । संस्थाले भुक्तानीको सुरक्षा, कारोबार गर्दा उपभोक्तालाई लाग्ने सेवा शुल्क, उपभोक्ताले भुक्तानी रोक्का गर्न पाउने र कारोबारको विवरण प्राप्त गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने व्यवस्था विनियमावलीमा छ ।
ग्राहकले आफूले चाहेका बेला बैंक वा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायक संस्थामा रहेको आफ्नो खाता रोक्का गर्न लिखित वा विद्युतीय वा मौखिक जानकारी दिएर रोक्का राख्न सक्ने व्यवस्था गरिएको छ । यद्यपि मौखिक जानकारी गराई रोक्का राखेको अवस्थामा एक कार्यदिनभित्र लिखित जानकारी अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । संस्थाले नीतिगत व्यवस्था गरी खातावालको डिजिटल वालेटमा रहेको मौज्दात रकममा बैंकको स्वीकृति लिएर ब्याज प्रदान गर्न सक्नेछ । संस्थाले ग्राहकलाई डिजिटल माध्यमबाट कारोबार भएपछि सोको जानकारी विद्युतीय माध्यमद्वारा तुरुन्त उपलब्ध गराउनुपर्ने, कुनै खातावालले आफ्नो खाताको विवरण माग गरेमा निजलाई सो विवरण तुरुन्त उपलब्ध गराउनुपर्ने व्यवस्था समेत गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x