पर्यटन प्रवद्र्धनको लागि पर्यटकहरुलाई आकर्षक प्याकेजको आवश्यक (भिडियोसहित)
काठमाडौं, २ असार । विश्वभर फैलिएको कोरोना भाइरसका कारण पर्यटन क्षेत्रलाई सबैभन्दा बढी असर परेको छ । सन् २०२० को सुरुदेखि नै पर्यटन क्षेत्रका गतिविधि ठप्प छन् । वार्षिक लाखौं पर्यटक भित्र्याएर देशको अर्थतन्त्रमा प्रत्यक्ष सहयोग गर्दै आएको पर्यटन क्षेत्र लामो समयसम्म बन्द रहँदा झन ठूलो समस्या निम्तन सक्ने पर्यटन व्यवसायीहरुको बुझाई छ । नेपालका पर्यटन व्यवसाय सुचारु कसरी गर्ने भन्ने विषयमा सरकारले सोच्न आवश्यक रहेको उनीहरुको भनाई छ । अझ बाहिरबाट आउँने पर्यटकहरुलाई सुरक्षाको अनुभुति दिनको लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्यायन गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ । पर्यटन क्षेत्रलाई चलायमान बनाउँनका लागि व्यवसायी र पर्यटकहरुलाई आकर्षक प्याकेज सरकारले ल्याउँनु पर्ने व्यवसायीको भनाई छ ।
हेर्नुहोस् भिड्यो सामाग्री