Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पूँजीगत खर्च सुस्त, ११ महिनामा करीब ३१% मात्र

पूँजीगत खर्च सुस्त, ११ महिनामा करीब ३१% मात्र

काठमाडौं, २ असार । सधैंका वर्षमा झैं चालू आवमा पनि सरकारको पूँजीगत बजेट खर्च बढ्न सकेको छैन । कोरोना महामारी र यसको नियन्त्रणका लागि लामो समयदेखि गरिएको लकडाउनले समेत यस वर्ष लक्ष्य अनुसार विकास बजेट खर्च हुन नसकेको हो । पूँजीगत बजेट कार्यान्वयनको लक्ष्य भेट्न असारमा २ खर्ब खर्च गर्नुपर्ने देखिएको छ, तर यो असम्भवप्रायः देखिएको छ ।
चालू आवको ११ महिना अवधिमा विकास बजेट रू. १ खर्ब २६ अर्ब मात्र भएको छ । यो कुल पूँजीगत बजेटको करीब ३०.९० प्रतिशत मात्र हो । कोरोना महामारीका कारण समग्र विकास आयोजना प्रभावित हुँदा खर्चको दायरा बढ्न नसकेको हो । चैतदेखि विकासका कामले गति लिने गरे पनि यो वर्ष त्यो अवस्था रहेन । चालू आवको चैतमा ८ अर्ब ६९ करोड, वैशाखमा ९ अर्ब र जेठमा १२ अर्ब रुपैयाँ बराबरको विकास बजेट खर्च भएको छ ।
सबैभन्दा धेरै विकास बजेट विनियोजन हुने निकाय सडक विभागले चालू आवको जेठ मसान्तसम्ममा कुल विनियोजित बजेटको ३५ प्रतिशत (४४ अर्ब) खर्च गरेको छ । लकडाउन अवधिमा समेत सडक निर्माण गरिरहेकाले विभागको बजेट खर्च अन्य निकायको भन्दा बढी भएको हो । यसै अवधिमा शहरी विकास तथा भवन निर्माण विभागले ५० प्रतिशत (साढे १४ अर्ब) खर्च गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x