Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

नागरिक लगानी कोषलाई स्टक डिलरको अनुमति प्रक्रिया शिघ्र अगाडि बढाउँन बोर्डको आग्रह

नागरिक लगानी कोषलाई स्टक डिलरको अनुमति प्रक्रिया शिघ्र अगाडि बढाउँन बोर्डको आग्रह

काठमाडौं, २ असार । नेपाल धितोपत्र बोर्डले नागरिक लागनी कोषलाई स्टक डिलरको अनुमति प्रक्रिया छिटो अगाडि बढाउँन आग्रह गरेको छ । बोर्डले सोमबार नागरिक लगानी कोषलाई पत्रचार गरी शिघ्र स्टक डिलरको अनुमति प्रक्रिया अगाडि बढाउँन अग्रह गरेको हो ।

पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शिघ्रता ल्याउन संस्थागत लगानीकर्र्ताको रुपमा कार्य गर्न नागरिक लगानी कोष जस्तै ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र व्यापारीको कार्य गर्न सक्ने व्यवस्था गरिएको छ । यो व्यवस्था गत फागुन १ गतेदेखि लागु हुने गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा संशोधन गरिएको हो ।

पूँजी बजारमा संस्थागत लगानी अभिवृद्धि गर्न आगामी आर्थिक वर्ष स्टक डिलरको कार्य सञ्चालनमा ल्याउन सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट बक्तव्यमा समेत उल्लेख गरेको छ । योसँगै धितोपत्रको दोस्रो बजारमा संस्थातग लगानीकर्ताको उपस्थितिले पूँजी बजारमा गतिशिलता आउँने अपेक्षा गरिएको छ । संस्थागत लगानीकर्ता धितोपत्र बजारमा प्रवेश हुँदा बजारको विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले बोर्डले पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई प्रोत्साहन गरेको बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *