Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लगानीकर्ताहरुको आकर्षण घट्दो, शेयर रकम न्युन

लगानीकर्ताहरुको आकर्षण घट्दो, शेयर रकम न्युन

काठमाडौं, २३ माघ । मंगलबार शेयर बजारको कारोबार रकम २४ करोड २० लाख ९६ हजार १४६ रुपैयाँ मात्र भएको छ । पछिल्लो समय शेयर कारोबार रकममा कमी आएको छ । हिजो सोमबारको कारोबार रकम भने ३० करोड ७८ लाख ३५ हजार ४५४ रुपैयाँ रहेको थियो ।

यसरी शेयर बजारको कारोबार रकममा आएको कमीका कारण पुँजीबजारमा लगानीकर्ताहरुको आकर्षण घट्दो क्रममा रहेको भन्न सकिन्छ । पुँजी बजारमा शेयरको आपुर्ति बढेको तुलनामा माग पक्ष कमजोर बन्दा शेयर कारोबार रकममा यसको प्रभाव परेको छ । मंगलबार कुल १५२ कम्पनीहरुको ७ लाख ९ हजार ८०३ कित्ता शेयरहरु किनबेच भएका छन् । शेयर कित्ताहरुको किनबेचमा आएको कमीका कारण पनि शेयर कारोबार रकम कम भएको छ । यता पुँजीबजारमा अधिक मुल्य भएका कम्पनीहरुको शेयरको मुल्य समायोजनले गर्दा पनि शेयरहरुको बजार मुल्य घटेको छ ।

मंगलबार आज नेप्से परिसुचकमा ६.०२ अंकको गिरावट आएको छ । यो गिरावटसंगै नेप्से पुनः १४०० विन्दु तल झरेको छ । मंगलबार नेप्से परिसुचक १३९४.०३ विन्दुमा पुगेको छ । नेप्से परिसुचकसंगै सम्पुर्ण समुहगत परिसुचकहरुमा समेत गिरावट आएको छ । मंगलबार वीमा समुहको परिसुचक सबै भन्दा बढि ३०.१८ अंकले तल झरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x