Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राष्ट्रिय सभा निर्वाचन : कहाँ कति मत खस्यो ?

राष्ट्रिय सभा निर्वाचन : कहाँ कति मत खस्यो ?

काठमाडौं, २४ माघ । ७ वटा प्रदेश मध्ये ६ वटा प्रदेशमा आज भएको राष्ट्रियसभा निर्वाचनको मतदान कार्य सम्पन्न भएको छ । प्रदेश २ मा भने ८ वटै पदका सदस्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेकाले यस प्रदेशमा मतदान नभएको हो ।

मतदानका लागि बिहान १० बजेदेखि दिउसो तीन बजे सम्मको समय निर्धारण गरिएको थियो । जस अन्तर्गत प्रदेश १ मा शतप्रतिशत मत खसेको छ । यस प्रदेशमा स्थानीय तहका २ सय ७४ र प्रदेशसभाका ९३ गरी कुल ३ सय ३७ मतदाता थिए।

प्रदेश ३ मा पनि शतप्रतिशत मत खसेको जनाइएको छ । यस प्रदेशमा कुल ३ सय ४८ जनाले नै मतदान गरेका छन्। त्यस्तै प्रदेश ४ मा कुल २ सय ३० मतदाता रहेको २ सय २९ मत मात्र खसेको छ ।

प्रदेश ५ मा कुल ३ सय ५ जना मतदाता रहेकोमा २ जनाले मतदान गरेनन् । प्रदेश ६ मा शतप्रतिशत मतदान खसेको छ । त्यस्तै
प्रदेश ७ मा राजपा सांसदले भोट हालेनन् । राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश ७ मा राष्ट्रिय जनता पार्टी नेपालका सांसद बाहेक अरुले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x