Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सराङकोटमा धार्मिक पर्यटन पूर्वाधार निमार्णका लागि महायज्ञ शुरु, दुई दिनमै २३ करोड संकलन

सराङकोटमा धार्मिक पर्यटन पूर्वाधार निमार्णका लागि महायज्ञ शुरु, दुई दिनमै २३ करोड संकलन

काठमाडौं, २४ माघ । पोखराको पर्यटकीय क्षेत्र सराङकोटलाई धार्मिक पर्यटकीय गन्तब्यको रुपमा विकास गरिने भएको छ । सोमबारबाट सराङकोटमा धार्मिक पर्यटन पूर्वाधार निमार्णका लागि महायज्ञ शुरु भएको छ । महायज्ञमा दुई दिनमै २३ करोड रुपैयाँ संकलन गरिएको छ ।
सराङकोटलाई धार्मिक पर्यटनको रुपमा विकास गर्ने उद्देश्यले एक दशक अघि सुरु गरिएको विशाल शिव मन्दिरको पूर्णताका लागी महायज्ञ आयोजना गरिएको सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए । महायज्ञबाट संकलित रकमबाट ५१ फिटको शिवमूर्ति स्थापना गर्ने लक्ष्य राखिएको छ भने मन्दिरको पूर्णताको लागि १०८ शिवलिङ, १०८ शहस्त्र धारा, विभिन्न देवदेवीको मन्दिर, विशाल बौद्ध मन्दिरको निर्माण गरिने छ । त्यस्तै गुरुयोजना अन्तर्गत शिव मन्दिर निमार्ण, बहुउद्देश्यीय भवन निर्माण, ऐतिहासिक संग्रालयल, भ्यूटावर, बालउद्यान, पार्क फुटट्रयाक, हेलीप्याड, वनभोज स्थल आदिको निर्माणमा खर्च गरिने जिसीले बताए ।
पोखरा लेखानाथ महानगरपालिका वडा नम्वर १८ का अध्यक्ष रणबहादुर थापाले २९ करोडको प्रस्तावित गुरु योजना पुरा गर्न महायज्ञ आयोजना गरिएको बताए । महायज्ञको दोस्रो दिनसम्म नगद तथा जिन्सी गरी २३ करोड बराबरको सहयोग घोषणा गरिएको थापाले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x