Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

लकडाउनमा १०८ अन्तर्राष्ट्रिय उडान, ११ हजार ७०२ यात्रु फर्किए

लकडाउनमा १०८ अन्तर्राष्ट्रिय उडान, ११ हजार ७०२ यात्रु फर्किए

काठमाडौं, ४ असार । लकडाउन अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०८ अन्तर्राष्ट्रिय उडान भएका छन् । लकडाउन शुरू भएयता हालसम्ममा १०८ उडान भएको र यीमध्ये ६६ यात्रु चार्टर्ड उडान तथा ४२ कार्गो उडान रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् । राष्ट्रियसभाको बुधवारको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत पर्यटन मन्त्रालयको विभिन्न शीर्षकउपर छलफलमा उठेका विषयको जवाफ दिँदै मन्त्री भट्टराईले उक्त जानकारी दिएका हुन् ।
उक्त उडानबाट ११ हजार ८८५ यात्रु आवतजावत गरेका छन् । सबैभन्दा बढी ११ हजार ७०२ स्वदेशी तथा विदेशी बन्दाबन्दीको अवधिमा अन्तरराष्ट्रिय विमानस्थल हुँदै बाहिरिएका छन् । पछिल्लो विवरणअनुसार विभिन्न मुलुकबाट ६४९ नेपाली स्वदेश फर्केका छन् । यो अवधिमा २५ वटा वायुसेवा कम्पनीले ५४ उडान गरेका छन् । बाँकी नेपालका चार वायुसेवा कम्पनीले उडान गरेको मन्त्री भट्टराईले बताए । नेपालबाट तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले अन्तरराष्ट्रिय उडान गर्दै आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x