Date

सोम, पुस २९, २०८१
Mon, January 13, 2025

नेपालबाट तेस्रो मुलुकको लागि एलसी खोल्न चेम्वरको माग

नेपालबाट तेस्रो मुलुकको लागि एलसी खोल्न चेम्वरको माग

काठमाडौं, ४ असार । नेपाल चेम्वर अफ कमर्सले नेपालबाट तेस्रो मुलुकको लागि एलसी खोली खरिद गरिएको सामान तेस्रो मुलुकबाट बिक्री गर्नपाउने व्यवस्था गर्न माग गरेको छ । चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठ सहितको टोलिले आगामी मौद्रक नीतिमा यस्तो मागसहित नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसार अधिकारीलाई ४० बुंदे सुझावपत्र बुझाएका हो । यस्तो व्यापार गर्दा भुक्तानी गरिएको विदेशी मुद्राभन्दा बढी मुद्रा स्वदेशमा आउने सुनिश्चिततासहित ‘चर्ड कन्ट्रि मार्चाण्ट ट्रेड’ व्यवस्था गरिनुपर्ने चेम्वरको माग छ ।

त्यस्तै नेपाल आयात हुने सामानको लागि विदेशी उत्पादनकर्ताले उपलब्ध गराउने ऋणमा ‘युसान्स एल/सी डिफर्ड क्रेडिटको अवधि २४० दिनसम्म कायम गरिनु पर्ने सुझाव छ । विश्वभर फैलिएको कोरोना भइरसका कारण मुलुकमा चैत ११ गतेदेखि सुरु भएको लकडाउनको कारण समस्त आर्थिक गतिबिधिहरु ठप्प भएको र अर्थतन्त्रको पुनरुत्थानमा आगमीक मौद्रिक नीति केन्द्रित हुनुपर्ने चेम्वरले सुझाव दिएको छ ।

अर्थतन्त्रलाई गतिशील बनाउन बजेटमा उल्लेख भए अनुसारको १ अर्ब ५० करोड रुपैयाँको कर्जा, घाटामा जाने उद्योग व्यवसाय, प्राथमिकता रहेको क्षेत्रहरु पर्यटन, निर्यात तथा यातायात क्षेत्र लगायतलाई ३ प्रतिशत ब्याजदरमा ऋण प्रवाहित गरिनुपर्ने चेम्वरको माग छ । घरेलु, साना तथा मझौला उद्योग व्यवसायलाई झन्झटरहित ढंगले पुनरकर्जा सुविधा उपलब्ध हुनुपर्ने पनि सुझावपत्रमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x