Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एसियाको आर्थिक वृद्धिदर ०.१% : एडीबी

एसियाको आर्थिक वृद्धिदर ०.१% : एडीबी

काठमाडौं, ४ असार । सन् २०२० मा एसियाको आर्थिक वृद्धिदर ०.१ प्रतिशतमात्रै हुने एसियाली विकास बैंकले अनुमान गरेको छ । एसियाली विकास परिदृश्य (एसियन डेभलपमेन्ट आउटलुक)को पूरक प्रकाशन सार्वजनिक गर्दै एडीबीले कोरोना भाइरस महामारी (कोभिड–१९) का कारण आर्थिक गतिविधिहरुमा असर पर्नुका साथै बाह्य मागमा समेत कमी आएको तथ्यलाई दृष्टिगत गर्दै आर्थिक वृद्धिदर अनुमान संशोधन गरेको हो । नेपालको आर्थिक वृद्धिदर चालु आवमा २.३ प्रतिशत र आगामी आवमा ३.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको हो ।
एडीबीको फ्ल्यागशीप प्रकाशनको पुरक प्रकाशनले यसअघि अप्रिल महिनामा अनुमान गरिएको २.२ प्रतिशतको आर्थिक वृद्धिदरलाई घटाएर ०.१ प्रतिशतमा झारेको छ । यो आर्थिक वृद्धिदर सन् १९६१ यताकै सुस्त वृद्धिदर हो । अप्रिल महिनाको अनुमान अनुसार सन् २०२१ म आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । यद्यपि, यो आर्थिक वृद्धिदर अहिलेको संकट सुरु हुँदैगर्दा पूर्वाद्र्धतिरको अनुमान थियो ।
पछिल्लो चरणमा औद्योगिकरण भएका हङकङ, चीन, कोरिया, सिंगापुर, ताइपेइ, चीनलाई छाडेर विकासशील एसियाको आर्थिक वृद्धिदर सन् २०२० मा ०.४ प्रतिशत र आगामी वर्ष ६.६ प्रतिशत हुनेछ ।
‘लकडाउन खुलेर आर्थिक गतिविधिहरु पुनः सामान्य रुपमा सुरुचारु हुनेतर्फ मुखरित भएपनि एसिया प्रशान्त क्षेत्रका अर्थतन्त्रहरुले निरन्तर अवरोध व्यहोर्नुपर्नेछ’ एडीबीका प्रमुख अर्थशास्त्री यासुयुकी सावदालाई उद्धृत गर्दै एडीबीले भनेको छ, ‘यद्यपि हामीले सन् २०२१ म उच्च आर्थिक वृद्धिदरको माहौल देख्नसक्छौं र यो यस वर्षको कमजोर आर्थिक वृद्धिदरका कारण हो ।’ उनले आगामी वर्ष अर्थमन्त्री भी–आकारमा पुनस्र्थापित हुने दाबी गरेका छन् । सम्बन्धित देशका सरकारहरुले कोभिड–१९ का कारण सिर्जित नकारात्मक असरहरु न्यूनीकरण गर्ने नीतिगत व्यवस्थाहरु मार्फत् यस प्रकोपको थप लहर (क्षति) आउन नदिन उनले सुझाएका छन् ।
एसियाली विकास बैंकको परिदृश्यले जोखिमको सम्भाव्यतालाई भने नकारेको छैन । कोभिड–१९ को प्रकोपले बहुपक्षीय प्रभाव पारेका कारण देशहरुको ऋण र वित्तिय संकटलाई टार्न नसकिने उल्लेख गरिएको छ । यसका साथै अमेरिका र चीनबीच व्यापारमा टकराव थप गहिरिने सक्ने आँकलन गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x